काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका नेता किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
महाधिवेशनस्थलमै पत्रकार सम्मेलन गरेर उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे।
बुधबारमात्रै बर्दिया क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर उनले हिँजै उम्मेदवारी दर्ता गराएका थिए।
सभापति पदका अर्का उम्मेदवार गगन थापाले मिलेर जाऔं भन्ने प्रस्ताव राखेपछि आफूले उनलाई समर्थन गर्न भन्दै उम्मेदवारी फिर्ता लिएको उनले बताए। उनले नेपाली काँग्रेस अहिले संकटमा रहेको भन्दै यस्तो बेलामा मिलेर अघि बढ्नुपर्ने पनि बताए।
'विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी संकटमा रहेको अवस्थामा सभापतिले सहयोग गर्नु पर्याे भनेका कारण पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको छु' उनले पत्रकार सम्मेलनमा भनेका छन्।
उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने भन्दै सभापति गगनकुमार थापाको जतिसुकै लोकप्रियता भए पनि चुनाव लड्ने बताउँदै आएका थिए। राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि गगन थापासँग अब श्यामकृष्ण खड्कीले प्रतिस्पर्धा गर्ने भएका छन्।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू