नेपालगन्ज। लुम्बिनी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायण प्रसाद पौडेललाई दिएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयका वरिष्ठतम कर्मचारी पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रदेश सचिव भई कामकाज गर्न तोक्ने निर्णय गरेको हो।
पौडेललाई आर्थिक तथा प्रशासनिक अधिकारसमेत प्रयोग गर्ने जिम्मेवारी दिइएको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद बास्तोला संघीय मन्त्रालयको पत्रअनुसार अर्थ मन्त्रालयमा सरुवा भएपछि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव पद रिक्त भएको थियो। सोही रिक्त पदमा तत्कालका लागि मन्त्रालयकै वरिष्ठतम उपसचिव पौडेललाई निमित्त सचिवको जिम्मेवारी दिने निर्णय भएको भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले जानकारीदिए।
मन्त्रिपरिषद् बैठकले गुल्मी अस्पताल, तम्घासमा कार्यरत ११औँ तहका प्रमुख कन्सल्टेन्ट मेडिकल जनरललिष्ट डा। पदमराज अधिकारीको स्वेच्छिक राजीनामा पनि स्वीकृत गरेको छ।
व्यक्तिगत घरायसी कारणले नियमित रूपमा कार्यालयमा उपस्थित भई कामकाज गर्न असमर्थ भएको जनाउँदै डा. अधिकारीले २०८३ भदौ १५ गतेदेखि लागू हुने गरी स्वेच्छिक राजीनामा स्वीकृत गर्न निवेदन दिनुभएका थिए। प्रदेश निजामती सेवा नियमावली, २०८० को नियम १३९ को उपनियम ९३० बमोजिम उनको राजीनामा स्वीकृत गरिएको हो।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी