काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार थापा बहुमतका साथ निर्वाचित भएका छन्।
राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार थापा ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
उनका निकटतम प्रतिद्वन्द्वी श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गरे। केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो।
जसमध्ये ६ हजार ९ सय ५९ मत सदर भएको थियो भने ५४ मत बदर भएको छ।
नेपाली कांग्रेसको विधान, २०१७ ९एघारौं संशोधन सहित० तथा निर्वाचन निर्देशिका–२०८३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी मतगणना सम्पन्न पश्चात् निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्का, सदस्य–सचिव राजु कटुवाल तथा सदस्य सुजन लोप्चनले मत परिणाम प्रमाणीकरण गर्दै थापा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन्।
१५ औं महाधिवेशन सभापति पदका लागि उम्मेदवारी दिएका नेता किशोरसिंह राठौरले थापाकै आग्रहमा आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।
सभापतिको मत गणना सकिएपछि बाँकी पदाधिकारी तथा सदस्यहरूको मतपत्र सानेपा लगिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोबाट मतगणना सुरु गर्नेछ । कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारहरूलाई दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ। त्यसपछि मात्रै पदाधिकारीको मतगणना सुरु हुनेछ।
माछा मार्न गएकी पुस्पालाई गोहीले खायो, घर फर्किन लागेको मंगललाई चितुवाले लुछ्यो
बाँके, कैलाली र दाङलगायत देशभरि लागुऔसहित ३१ जना समातिए
भारतका चर्चित युट्यूबर ध्रुब राठी पक्राउ
लुम्बिनी र गण्डकीमा ‘सूचना महामार्ग’ बन्ने, २ अर्ब १ करोड रुपैयाँको सम्झौता
थारु समुदायमा दसैं: कात्तिक १ गते ‘ढिक्री पूजा’
सुर्खेतका जंगलमा भेटिए १८ नाल भरुवा बन्दुक