भातका चर्चित युट्यूबर ध्रुब राठीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार बिहान जेनजी नेतृत्वको कक्रोच जनता पार्टी सीजेपीले आह्वान गरेको ठूलो विरोधप्रदर्शन सुरु हुनुअघि उनलाई प्रहरीले गुरुग्रामबाट नियन्त्रणमा लिएको हो।
यसअघि शुक्रबार उनले एउटा भिडिओमार्फत युवाहरूको प्रदर्शनका लागि दिल्ली आइपुगेको भन्दै सरकारले युवाहरूको डरका कारण दिल्लीलाई लकडाउन गरेको बताएका थिए।
मोदी र उनको सरकारको कडा आलोचकमध्ये राठी पनि एक हुन्। गत आम निर्वाचनका बेला मोदी सरकारका कैयौं सनसनीपूर्ण स्क्यामहरू सार्वजनिक गरेर राठी चर्चामा आएका थिए।
चुनावी प्रक्रिया र परम्परामा सुधारहरू सँगै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने माग केही दिनदेखि भारतका युवाहरूले प्रदर्शन गरिहरेका छन्। लाखौं मतदाताका नाम नामावलीबाट हटाइएको आरोप उनिमाथि छ।
कक्रोच पार्टीले यसअघि पनि आन्दोलन गरेको थियो। परीक्षाहरूमा पेपर लीकको आरोप खेपेका शिक्षामन्त्रीले त्यसबेला तत्कालै राजीनामा दिएका थिए।
याे प्रदर्शनका कारण दिल्लीमा हजाराैकाे संख्यामा प्रहरीहरू परिचालन गरिएकाे छ भने सयाैं रेल सेवाहरू पनि बन्द गरिएकाे छ।
माछा मार्न गएकी पुस्पालाई गोहीले खायो, घर फर्किन लागेको मंगललाई चितुवाले लुछ्यो
बाँके, कैलाली र दाङलगायत देशभरि लागुऔसहित ३१ जना समातिए
भारतका चर्चित युट्यूबर ध्रुब राठी पक्राउ
लुम्बिनी र गण्डकीमा ‘सूचना महामार्ग’ बन्ने, २ अर्ब १ करोड रुपैयाँको सम्झौता
थारु समुदायमा दसैं: कात्तिक १ गते ‘ढिक्री पूजा’
सुर्खेतका जंगलमा भेटिए १८ नाल भरुवा बन्दुक