नेपालगन्ज। नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना अझै सकिएको छैन। निर्वाचन भएको ३ दिन बितिसक्दा अहिलेसम्म सहमहामन्त्रीहरूको समेत अन्तिम परिणाम आउन सकेको छैन।
अझै केन्द्रीय सदस्यहरूको मतगणना सुरु भएकै छैन। काँग्रेस निर्वाचन समितिले मंगलबारदेखि मात्रै केन्द्रीय सदस्यहरूको मत गणना सुरु हुनसक्ने बताएको छ। निर्वाचन समितिका सदस्य तथा अधिवक्ता राजु कटुवालका अनुसार २३ वटा मतगणना स्थलहरूबाट मतगणना कार्य भइरहेको छ।
२३ वटा मतगणना स्थलहरूमा ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधिहरूको मत गणना भइरहेको छ। यस प्रक्रियामा करिब १ लाख ८४ हजार मतपत्रहरूको गणना सम्पन्न गर्नुपर्ने छ। क्लस्टरहरू धेरै भएका कारण मतगणना प्रक्रिया झन्झटिलो पनि भएको छ।
उनका अनुसार नेपाली जनसम्पर्क समितिको ९ स्थानमा, आदिवासी जनजाति समूहको ३ स्थानमा, सह–महामन्त्री ९महिला र खुला० ४ स्थानमा, पिछडिएको क्षेत्रको २ स्थानमा मत गणना भइरहेको छ।
अघिल्लो महाधिवेशनमा मतगणना सक्न १२ दिन लागेको थियो।
काँग्रेस १५ औं महाधिवेशन : मतगणना सुस्त, यो साताभरि कुर्नुपर्ने
पहिलोपटक प्रहरीको कार्यक्रममा पुगेर प्रधानमन्त्रीले भने, ‘कसैको दबावमा नपर्नूहोला’
मुगुमा सडक खनिरहेका बेला पहिरो खस्यो, एक्साभेटरसँगै चालक पुरिए अर्का घाइते
दाङ जिल्ला उद्योग वाणिज्य संघमा एमाले निकट प्यानल बिजयी, केही पदमा काँग्रसका व्यवसायी
दीपक गिरी र अमरसिंह पुनले पराजय स्विकार्दै भने, पाठ सिकेर अघि बढ्नेछौं
पहिलो ‘फेल’ भएपछि अर्को बजेट ल्यायो सुदूरपश्चिम सरकारले