नेपालगन्ज। जाजरकोटमा एउटा यात्रुबाहक जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको जुनचाँदे गाउँपालिकामा भएको उक्त दुर्घटनामा ३ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सुर्खेतबाट जुनचाँदे जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा जीप चालक जुन चाँदे गाउँपालिका–९, कल्ली स्यालाका करिब २० वर्षीय सन्तबहादुर बस्नेत र जुन चाँदे करिब ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ९डिएसपी० बुद्धि सागर पुरीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा दिलबहादुर भण्डारी, उनका करिब चार वर्षीय छोरा शिशिर भण्डारी र जुन चाँदे गाउँपालिका–३, स्यालाकी करिब ५० वर्षीया सितला टमटा घाइते भएका छन्।
घाइते तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी गरिएको छ।प्रहरीका अनुसार दुर्घटनामा परेको जिप सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
कांग्रेस महाधिवेशन : सबै मतपरिणाम आज साँझसम्म घाेषणाकाे तयारी
जाजरकोटमा जीप खस्यो, दुईजनाको मृत्यु
सांसद खगेन्द्र प्रकरणपछि चर्चामा रास्वपाको ‘राइट टु रिकल’
प्रहरीले चामल खोस्यो, कृष्णनगरका ब्यापारीले गरे ‘आत्मदाह’को प्रयास
विराटनगरबाट सात प्रदेशका मुख्यमन्त्री : सिंहदबारसँग प्रदेशका अधिकार मागे, अन्तरप्रदेश सिधा हवाई उडान
सुदूरपश्चिम प्रदेश सरकारमा बजेटको लफडा, एमाले सांसदले दिए राजीनामा