नेपालगन्ज। कपिलवस्तुका एकजना ब्यापारीले आफ्नै शरीरमा मट्टीतेल छर्किएर आत्मदाहको प्रयास गरेका छन्। आफूमाथि प्रहरीले अन्याय गरेको भन्दै उनले आत्मदाह प्रयास गरेका हुन्।
तर प्रहरीलाई तत्कालै उद्धार गरेर अस्पताल पुर्याएको थियो।
कपिलवस्तुको कृष्णनगर बजारस्थित बैंक रोडमा प्रहरीले चेकजाँच गर्दा चामल बोकेको एउटा पिकअप भ्यान फेला परेको थियो। उक्त गाडीको कागजपत्रहरू नभेटिएको भन्दै प्रहरीले उक्त भ्यान नियन्त्रणमा लियो। त्यसमा रहेको ६० बोरा चामलसमेत प्रहरीले भन्सारलाई बुझाएको थियो।
तर उक्त चामलका ब्यापारी महेश अग्रहरीले भने चामलको बिलबिजक हुँदाहुँदै प्रहरीले भन्सारलाई बुझाइदिएको र आफूमाथि अन्याय भएको भन्दै मट्टितेल छर्केर आगो लगाउने प्रयास गरे। उनि त्यहिका एक गल्ला ब्यापारी हुन्। प्रहरीका अनुसार उनको शरीरमा आगो भने सल्किन पाएन। प्रहरी सँगै भएका कारण उनलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएको थियो। हाल उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी शारदाप्रसाद चौधरीका अनुसार प्रहरीले त्यहाँ भन्सार छली भएका अवैध सामानहरू सर्च गरिरहेको थियो। सोअनुसार उनको गल्ला पसलमा पनि प्रहरी पुगेको थियो।
यो अभियानका क्रममा प्रहरीले कृष्णनगर नगरपालिका –२ बैंक रोडबाट ११ लाख ६० हजार बराबरको ३२ क्विन्टल चामल र लु २ च ४९४९ नं। को पिकअप गाडी तथा शिवराज नगरपालिका–५ चन्द्रौटास्थित नदिना राइस मिलको गोदामबाट दुई लाख ५२ हजार रुपैयाँ बराबरको २४ क्विन्टल चिनी र ५ बोरा दाल गरी चौध लाख बाह्र हजार रुपैयाँ बराबरको भन्सार छली गरी ल्याइएका सामान जफत गरेको थियो। त्यही क्रममा अल्ताफ हुसेन मनियारलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
‘त्यहाँ पनि प्रहरीले चेकजाँच गरेको हो। त्यसमा पर्नुभएपछि आवेशमा आएर मट्टीतेल खन्याएर आगो लगाउन खोज्नुभएको रहेछ’ चौधरीले भने ‘प्रहरी पनि सँगै थियो। हाम्रै प्रहरीहरूले उहाँलाई भैरहवा मेडिकल पुर्याएको हो। बाँकी कुरा अनुसन्धान हुँदैछ।’
सांसद खगेन्द्र प्रकरणपछि चर्चामा रास्वपाको ‘राइट टु रिकल’
प्रहरीले चामल खोस्यो, कृष्णनगरका ब्यापारीले गरे ‘आत्मदाह’को प्रयास
विराटनगरबाट सात प्रदेशका मुख्यमन्त्री : सिंहदबारसँग प्रदेशका अधिकार मागे, अन्तरप्रदेश सिधा हवाई उडान
सुदूरपश्चिम प्रदेश सरकारमा बजेटको लफडा, एमाले सांसदले दिए राजीनामा
विदेश बस्नेहरू को-को भए काँग्रेसको केन्द्रीय सदस्य?
बिराटनगर पुगेर लुम्बिनीका मुख्यमन्त्रीले संघीय सरकारलाई भने, हाम्रो अधिकार देऊ