माछा मार्न गएकी पुस्पालाई गोहीले खायो, घर फर्किन लागेको मंगललाई चितुवाले लुछ्यो


सेतोखरी सेतोखरी   १६ घण्टा अगाडि
माछा मार्न गएकी पुस्पालाई गोहीले खायो, घर फर्किन लागेको मंगललाई चितुवाले लुछ्यो

नेपालगन्ज। बर्दियाको कर्णाली नदीमा माछा मार्न गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ।

बर्दियाको कोठियाघाट स्थित कर्णाली नदीमा एउटा गोहीले महिलाको ज्यान लिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता रेशम बोहराका अनुसार ५१ वर्षीया पुस्पा लामिछाने माछा मार्न भनेर कर्णाली नदी पसेकी थिइन्।

तर लामो समयसम्म उनि नफर्किएपछि आफन्तले खोजी गर्न उनलाई गोहीले मुखमै च्यापेर राखेको देखिएको थियो।

त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गोताखोरहरूले गोहीको मुखबाट उनलाई छुटाएका थिए। 

त्यो बेलासम्म उनको निधन भइसकेको थियो। 

यसैबीच वर्दियाकै राजापुर नगरपालिका–३ चख्खापुरमा चितुवाको आक्रमणमा बाट ४८ वर्षीय मंगल थारुको निधन भएको छ। बिहीबार राति अबेरसम्म आफ्नो गरेर घर फर्किने क्रममा उनलाई चितुवाले आक्रमण गरेको थियो। प्रहरीका अनुसार उपचारका क्रममा उनको शुक्रबार निधन भएको हो।