बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’


सेतोखरी सेतोखरी   ४ घण्टा अगाडि
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’

नेपालगन्ज। बाँकेका जिल्ला प्रहरी प्रमुख एसपी ९प्रहरी उपरीक्षक० अंगुर जिसीले नेपाल प्रहरीको प्रतिष्ठित मानिने पूर्णशान्ति पुरस्कार प्राप्त गरेका छन्। 

७१ औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री सुधन गुरुङले एसपी जिसीलाई पुरस्कार प्रदान गरे। हाल उनि बाँके जिल्ला प्रहरी प्रमुखका रुपमा कार्यतर छन्। 

उत्कृष्ट अनुसन्धान र प्रविधिमा आधारित प्रहरी सेवा बिस्तारमा उत्कृष्टता प्रदर्शन गरेवाफत उनलाई उक्त पुरस्कार प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेपछि जिसीले इन्तजार मोहम्मद अरबी खाँको हत्या, सिर्जना बुढामगरलाई जलाएर मारिएको घटना, अप्सना बस्नेतको अपहरण तथा हत्या र विशाल चन्द ठकुरीको हत्यामा संलग्न फरार प्रतिवादीलाई पक्राउ गर्दै सफल अनुसन्धानको नेतृत्व गरेका थिए।

आर्थिक वर्ष २०८२–०८३ मा बाँके प्रहरीले ३८२ जना विरुद्ध लागुऔषध मुद्दाको अनुसन्धान गरेको थियो। गएको आर्थिक वर्षमा उनको नेतृत्वमा रहेको बाँके प्रहरीले ३ करोड ४७ लाख बराबरको भन्सार छलीको सामान, ४७ वटा गाडी र तस्करीमा संलग्न ६२ जनालाई नियन्त्रणमा लिएको थियो। गत आर्थिक वर्षमा ५७७ जना फरार प्रतिवादीलाई जिसी नेतृत्वको टिमले पक्राउ गरेको थियो। पूर्णशान्ति पुरस्कार बापत जिसीले नगद र प्रशंसापत्र प्राप्त गरेका छन्।