‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई 


सेतोखरी सेतोखरी   ४ घण्टा अगाडि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई 

नेपालगन्ज। लुम्बिनी प्रदेश प्रहरीले यस वर्षको प्रहरी ब्याटन प्राप्त गरेको छ। प्रदेश प्रहरी प्रमुखको हैसियतमा डीआईजी  भूपेन्द्र खत्रीले ब्याटन ग्रहण गरेका छन्। 

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित ७१ औँ प्रहरी दिवसमा गृहमन्त्री सुधन गुरुङले लुम्बिनी प्रदेशका डीआईजी  भूपेन्द्र खत्रीलाई प्रहरी व्याटन–२०८३ प्रदान गरेका हुन्।  

अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कन अन्तर्गत लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रथम भएको हो । 

प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन, कार्यकुलशता व्यवसायिक दक्षता र जिम्वारी निर्वाहको मूल्याङ्कन गरेर लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई व्याटन प्रदान गरिएको हो। 

प्रहरी वा सेनाले हातमा लिने छोटो लौरो (ब्याटन) लाई कमाण्ड र नेतृत्वको बलियो प्रतीक मानिन्छ। उत्कृष्ट नेतृत्व र व्यावसायिकता प्रदर्शन गर्ने कमाण्डरलाई सम्मानस्वरूप यो रनिङ ब्याटन दिने गरिन्छ।