दाङ । घोराहीमा दुई मोटरसाईकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। घोराहीको मुख्य सडकअन्तर्गत घोराही उपमहानगरपालिका–१५ बुद्ध अस्पताल नजिकै भएको दुर्घटनामा घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ४० वर्षीय टोपबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा रा ६ प ६७७५ नम्वरको मोटरसाइकल चालक बंगलाचुली गाउँपालिका–४ निवासी २३ बर्षीय सुनिल खत्री र सोही ठाउँ निवासी २० बर्षीय रामबहादुर डाँगी रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको घोरही स्थिति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचार भैरहेको छ।
प्रहरीका घोराही बजारदेखि रामपुरतर्फ जाँदै गरेको रा ६ प ६७७५ नम्वरको मोटरसाइकल र भरतपुरदेखि निमाहलतर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनापछि मोटरसाइकलमा सवार बंगलाचुली गाउँपालिका–४ निवासी मोहन डाँगी फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगालागी भएको मोटरसाइकलमा घोराही उपमहानगरपालिकाको दमकलबाट पानी हालेर आगो निभाइएको थियो । तिव्र गतिमा रहेको मोटरसाइकलका कारण दुर्घटना भएको प्रहरीले प्रारम्भीक अनुमान रहेको छ । प्रहरीका अनुसार फरार डाँगीको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ।
घोराही मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते
‘अस्वीकृत’ भएका राजदूत गिरीबहादुर र खगेन्द्रबीच सम्बन्ध के हो?
अख्तियारमा झुटा उजुरी दिने रुकुमका दीपकलाई २ हजार जरिवाना
खगेन्द्रले दिए पार्टीलाई लिखित जवाफ अब छानबिन र ‘बयान’समेत हुनसक्छ
कांग्रेस महाधिवेशन : सबै मतपरिणाम आज साँझसम्म घाेषणाकाे तयारी
जाजरकोटमा जीप खस्यो, दुईजनाको मृत्यु