नेपालगन्ज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना उजुरीकर्तालाई जरिवाना तिराएको छ। नेपाल प्रहरीका एकजना डिआइजीले सहकारीको ऋण मिनाहा गरिदिने बहानामा ४० लाख रुपैयाँ मागेर धम्क्याएको भन्दै झुटो उजुरी दिने रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ५ का दीपक पुनमगरलाई जरिवाना गरिएको हो।
अख्तियारले उनलाई २ हजार रुपैयाँ जरिवाना तिराएको हो।
सहकारीबाट ऋण लिएका एकजनलाई आफूलाई डिआइजी बताउने व्यक्तिले मुद्दा मिलाइदिने भन्दै १५ लाख नगद र २५ लाख कान्छी श्रीमतीका नाममा चेक लिई धम्क्याएको भन्दै अख्तियारमा एबी राईको नामबाट एउटा उजुरी दर्ता भएको थियो।
अनुसन्धानका क्रममा उजुरीकर्ता एबी राई भनिएका आङबाबु राईले आफूले त्यस्तो कुनै उजुरी नदिएको र उजुरीमा भएको दस्तखतसमेत आफ्नो नभएको भनी सनाखत गरेका अख्तियारले जनाएको छ। थप अनुसन्धानका क्रममा दीपकले आङबाबु राईको जानकारीविना नै निजको नाम र हस्ताक्षर प्रयोग गरी आफूले उजुरी दर्ता गराएको अख्तियारमा बयान दिएका थिए।
दीपक र आङबाबु दुवैले कुनै पनि डिआइजीबाट कुनै धम्की नआएको र मुद्दा मिलाइदिने भन्दै रकमसमेत नमागिएको बयान दिएका थिए।
अख्तियारमा झुटा उजुरी दिने रुकुमका दीपकलाई २ हजार जरिवाना
खगेन्द्रले दिए पार्टीलाई लिखित जवाफ अब छानबिन र ‘बयान’समेत हुनसक्छ
कांग्रेस महाधिवेशन : सबै मतपरिणाम आज साँझसम्म घाेषणाकाे तयारी
जाजरकोटमा जीप खस्यो, दुईजनाको मृत्यु
सांसद खगेन्द्र प्रकरणपछि चर्चामा रास्वपाको ‘राइट टु रिकल’
प्रहरीले चामल खोस्यो, कृष्णनगरका ब्यापारीले गरे ‘आत्मदाह’को प्रयास