नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने 


सेतोखरी सेतोखरी   ४ घण्टा अगाडि
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने 

काठमाडौैं। तेस्रो संस्करणका लागि तयारी गरिरहेको नेपाली फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग ९एनपीएल० ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल, आईसिसीबाट आधिकारिक मान्यता पाएको छ।

नेपाल क्रिकेट संघ ९क्यान० ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलले आईसिसीबाट टी(२० को आधिकारिक मान्यता पाएको जानकारी दिएको हो।

अबको १० दिनपछि तेस्रो संस्करणको एनपिएल सुरु हुँदैछ। 

‘आईसीसीबाट मान्यता पाएसँगै नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्नेमा क्यान विश्वस्त रहेको छ’ क्यानले विज्ञप्तिमार्फत भनेको छ। 

योसँगै नेपाली फ्रेन्चाइज क्रिकेट एनपिएलका हरेक रेकर्डहरू आईसिसीले अभिलेख गर्नेछ। र सँगसँगै फ्रेन्चाइज टोलीहरूले अब निर्वाध रूपमा विदेशी खेलाडीहरू अनुबन्ध गर्न सक्नेछन्। 
यसअघि आईसीसीले एनपीएलको एक संस्करणमा टेस्ट राष्ट्रका बढीमा ४ खेलाडी मात्र अनुबन्ध गर्न सकिने अनुमति मात्र दिएको थियो। अब भने फ्रेन्चाइजले अनुबन्ध गर्ने विदेशी खेलाडीको संख्यामा कुनै सीमा लाग्ने छैन।