नेपालगन्ज। विशेष महाधिवेशनपछि करिब नौ महिनाभित्रै नेपाली काँग्रेसले नियमित १५औं महाधिवेशन सम्पन्न गरेको छ। जेनजी आन्दोलनपछि बिथोलिएको नेपाली काँग्रेसलाई सम्हालन् तत्कालीन महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले गत पुसमा विशेष महाधिवेशन आह्वन गरेका थिए। त्यो महाधिवेशनमा शेरबहादुर देउवा र शेखर(शशांक कोइराला पक्षका केही नेता तथा कार्यकर्ताहरू सहभागी भएनन्।
त्यही महाधिवेशन गर्दैगर्दा सानेपाबाट तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले गगन-विश्वलाई ‘कारबाही’ गरेपछि भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापति घोषणा गरेको थियो। त्यही बेला थापाले कम्तीमा १ वर्षभित्र नेपाली काँग्रेसको विशेष महाधिवेशन गरिसक्ने घोषणा गरेका थिए।
असोज ३ गते वडा अधिवेशनहरूबाट सुरु भएको नेपाली काँग्रेसको १५ औं महाधिवेशन असोज १८ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन भएको थियो। त्यसपछि नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम शुक्रबार साँझमात्रै घोषणा गरिएको थियो। सबै मतपरिणाम आइसकेपछि फूलपातीको भाका पारेर सभापति गगनकुमार थापाले शनिबार सपथ लिएका छन्। बाँकी सबै निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सपथ भने दसैंपछि हुनेछ।
शनिबार पद तथा गोपिनियताको सपथ लिँदै सभापति थापाले सभापतिको जिम्मेवारी सामान्य नभएको उल्लेख गर्दै थापाले यससँग धेरै विषय जोडिएर आउने बताए । उनले सभापतिको पदलाई अहंकारको श्रीपेचका रूपमा नलिएको स्पष्ट पारे।
‘यो जिम्मेवारीले मलाई नागरिकहरूप्रतिको दायित्व पूरा गर्नका लागि जमिनमै उभ्याएको छ । यसले मलाई अहंकारको श्रीपेच लगाइदिएको होइन,’ उनले भने। थापाले नेपाली कांग्रेससँग लोकतन्त्रको ठूलो विरासत जोडिएको उल्लेख गर्दै उक्त विरासतको संरक्षण गर्नु पनि आफ्नो जिम्मेवारी भएको बताए।
त्यस्तै उनले आफू कहिँकतै चुकेको दिन आफूलाई पदबाट हटाउन पनि आह्वान गरेका छन्।
‘पार्टी सभापति हुँदै गर्दा मेरो व्यक्तिगत जीवन, परिवार, आर्थिक जीवन र सम्बन्धहरूप्रति म सचेत र जिम्मेवार रहनुपर्छ भन्ने कुरा म बुझ्छु । मेरा कुनै गलत कामले पार्टीलाई असर पर्न सक्छ । त्यसैले, कुनै दिन म चुकेको महसुस भएमा नेपाली कांग्रेसले मलाई सभापतिबाट अलग गरेर अगाडि बढ्नुपर्छ । किनकि व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन।’
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरेका हुन्। उनले कुल मतको ९४।६ प्रतिशत मत प्राप्त गर्दा खड्कीले ३७५ मत अर्थात् ५।४ प्रतिशत मत पाएका छन्।
महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य, सहमहामन्त्री तथा विभिन्न समूहबाट निर्वाचित केन्द्रीय सदस्यहरू परेका छन्।
उपलब्ध मतपरिणामअनुसार दोस्रो स्थानमा ललितपुर महानगरपालिकाका मेयरसमेत रहेका खुला केन्द्रीय सदस्य चिरीबाबु महर्जन छन्। उनले ५ हजार ३३० मत अर्थात् ७७।५ प्रतिशत मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा वासना थापा रहेकी छन्। उनले ५ हजार १९३ मत अर्थात् ७४ प्रतिशत मत प्राप्त गरेकी छन्। त्यस्तै, बागमतीबाट महिला केन्द्रीय सदस्यमा निर्वाचित हरिप्रभा खड्गी ५ हजार १२६ मतसहित चौथो स्थानमा रहेकी छन्। उनले कुल मतको ७३।८ प्रतिशत मत प्राप्त गरेकी छन्।
पाँचौँ स्थानमा महिला सहमहामन्त्री प्रतिमा गौतम रहेकी छन्। उनले ५ हजार ११६ मत अर्थात् ७२।९ प्रतिशत मत प्राप्त गरेकी छन्। खुला केन्द्रीय सदस्यमा निर्वाचित निश्कल राई ४ हजार ९५६ मतसहित छैटौँ स्थानमा छन्। उनले ७२ प्रतिशत मत प्राप्त गरेका छन्।
दलित सहमहामन्त्रीमा निर्वाचित प्रकाश रसाइली ‘स्नेही’ ४ हजार ८०३ मतसहित सातौँ स्थानमा रहेका छन्। उनले ६९।२ प्रतिशत मत प्राप्त गरेका छन्। जनजाति केन्द्रीय सदस्यमा निर्वाचित तीर्थ लामा ४ हजार ८५३ मतसहित आठौँ स्थानमा रहेको विवरणमा उल्लेख छ। उनले ६९।१ प्रतिशत मत प्राप्त गरेका छन्।
खुला केन्द्रीय सदस्यमा निर्वाचित इन्द्रबहादुर बानियाँ ४ हजार ७३२ मतसहित नवौँ स्थानमा छन्। उनले कुल मतको ६८।८ प्रतिशत मत प्राप्त गरेका छन्। त्यस्तै, गण्डकीबाट ३५ वर्षमुनिका युवामध्ये केन्द्रीय सदस्यमा निर्वाचित इन्जिनियर सुवास पौडेल दशौं स्थानमा छन् । उनले ४ हजार ५४९ मत अर्थात उनले ६५।८ प्रतिशत मत प्राप्त गरेका छन्।
सबैभन्दा धेरै मत ल्याउने शीर्ष दश
१. गगनकुमार थापा - सभापति - ६,५८४ मत (९४.६%)
२. चिरीबाबु महर्जन - खुला केन्द्रीय सदस्य - ५,३३० मत (७७.५%)
३. वासना थापा - महिला खुला केन्द्रीय सदस्य ५,१९३ मत (७४%)
४. हरिप्रभा खड्गी - बागमतीबाट महिला केन्द्रीय सदस्य - ५,१२६ मत (७३.८%)
५. प्रतिमा गौतम - महिला सहमहामन्त्री - ५,११६ मत (७२.९%)
६. निश्कल राई - खुला केन्द्रीय सदस्य - ४,९५६ मत (७२%)
७. प्रकाश रसाइली ‘स्नेही’ - दलित सहमहामन्त्री - ४,८०३ मत (६९.२%)
८. तीर्थ लामा - जनजाति केन्द्रीय सदस्य - ४,८५३ मत (६९.१%)
९. इन्द्रबहादुर बानियाँ - खुला केन्द्रीय सदस्य - ४,७३२ मत (६८.८%)
१०. इन्जिनियर सुवास पौडेल - ३५ बर्ष मुनि गण्डकीबाट युवा केन्द्रीय सदस्य - ४,५४९ मत (६५.८%)
यस्तो बन्यो काँग्रेस केन्द्रीय समिति
सभापति
१. गगन कुमार थापा
वरिष्ठ उपसभापति
२. विश्व प्रकाश शर्मा
उपसभापति
३. डा. चन्द्रकान्त भण्डारी
४. ई. मधु आचार्य
उपसभापति (महिला)
५. पुष्पा भुसाल
उपसभापति (समावेशी)
६. विनोदकुमार चौधरी
महामन्त्री
७. प्रदिप पौडेल
८. उदयशमशेर राणा
९. डा. डिला संग्रौला (पन्त)
सहमहामन्त्री
१०. प्रतिमा गौतम
११. रामहरि खतिवडा
१२. अजय बाबु शिवाकोटी
१३. बहादुर सिंह लामा (तामाङ)
१४. प्रकाश रसाईली स्नेही
१५. अजय कुमार चौरसिया
१६. मनोज मणि आचार्य
१७. योगेन्द्र चौधरी
१८. डा. मो. फिरदोश आलम
१९. जीवन बहादुर शाही
२०. आङगेलु शेर्पा
केन्द्रीय सदस्य (खुला)
२१. चिरी बाबु महर्जन
२२. निश्कल राई
२३. ईन्द्रबहादुर बानियाँ
२४. प्रा.डा. गोविन्दराज पोखरेल
२५. ई. मोहन आचार्य
२६. जितनारायण श्रेष्ठ
२७. प्रवल थापा
२८. गणेश लामा
२९. राजिव कोइराला
३०. हिमाल दत्त श्रेष्ठ
३१. डा. शोभाकर पराजुली
३२. बिद्वान गुरुङ
३३. अर्जुन प्रसाद जोशी
३४. ई. अमृत ज्ञवाली
३५. ई. नवराज त्रिपाठी
३६. सन्दीप राना
३७. भरत कुमार शाह
३८. नरेन्द्र कुमार केरुङ
३९. मिन कृष्ण महर्जन
४०. बलदेव तिमल्सिना
४१. महेश खरेल
४२. जन्मजय तिमिल्सिना
४३. युवराज पाण्डेय
४४. कुमार लुइटेल
४५. ई. ऋषि कोइराला
४६. ई. दिपक बाबु कँडेल
४७. उज्जवल प्रसाद बराल
४८. किरण के.सी.
४९. दिपक भट्टराई
५०. महेन्द्र कुमार शर्मा
५१. डा. सुरज राज काफ्ले
५२. डा. मुकेशराज काफ्ले
५३. मदन कृष्ण श्रेष्ठ
५४. प्रमोदहरि गुरागाई
५५. लेखनाथ पोख्रेल
५६. किरण किशोर घिमिरे
५७. रवि सिंह
५८. डा. कृष्ण प्रसाद पौडेल
५९. तिलक बहादुर रानाभाट
६०. प्रदिप कुमार सुनुवार
६१. प्रकाश सिंह कार्की
६२. डा. मुक्तिराम श्रेष्ठ
६३. कृष्ण रिजाल
६४. निलकण्ठ रिजाल
६५. सुधान्सु कोइराला
केन्द्रीय सदस्य (महिला)
६६. वासना थापा
६७. उर्मिला थपलिया
६८. निमा गिरी
६९. कुसुमदेवी थापा
७०. धना कुमारी खतिवडा
७१. अनिता देवकोटा
७२. लक्ष्मी पाण्डे
७३. सृजना अधिकारी
७४. मुना भुसाल
७५. चिनी पोखरेल (चिनु)
७६. कल्पना तिवारी
७७. रिता थापा मगर
७८. गंगा दाहाल
७९. उमा दाहाल
८०. कान्तिका सेजुवाल
केन्द्रीय सदस्य (आदिवासी जनजाति)
८१. तीर्थ लामा
८२. ई. अनुप श्रेष्ठ
८३. डा. प्रेमध्वज लामा
८४. कर्मा छिरिङ शेर्पा
८५. टेक प्रसाद गुरुङ
८६. भिम श्रीस मगर
८७. रामकृष्ण चित्रकार
८८. बुद्ध लामा
८९. गेल्जे लामा (शेर्पा)
९०. बंशलाल तामाङ
९१. अमृत गुरुङ
९२. सुशील गुरुङ
९३. गीता गुरुङ
९४. डा. गंगा लक्ष्मी अवाल
९५. रेनुका काउचा
९६. सपना राजभण्डारी जोशी
९७. सिता कुमारी राना
९८. प्रमिला राई
९९. लिला देवी वोखिम लिम्बु
१००. पुनम लामा
केन्द्रीय सदस्य (दलित)
१०१. सिता मिजार
१०२. शान्ती परियार (वि.क.)
१०३. रुपा वि.क.
१०४. कमला नेपाली
१०५. छायाँ सुनार
१०६. धर्मेन्द पासवान
१०७. डा. डि.बी. सुनार
१०८. सागर परियार
१०९. हरिशरण नेपाली
११०. शिव बहादुर सुनार
१११. मन्जित ताम्राकार
११२. राजु परियार
११३. अम्मर बहादुर बराईली
११४. दीपक सोनी
केन्द्रीय सदस्य (मधेशी)
११५. अनिल कुमार रुंगटा
११६. राम कृष्ण यादव
११७. डा. गरिव दास ठाकुर
११८. जितेन्द्र नारायण देव
११९. दिनेश कुमार यादव
१२०. असर्फी शाह
१२१. उमेश चन्द्र यादव
१२२. मि. अशोक कुमार शाह
१२३. डा. मधु कुमारी ठाकुर
१२४. रेखा कुमारी यादव
१२५. अन्जु झा
१२६. मिनाक्षी झा
१२७. गिता कुमारी यादव
केन्द्रीय सदस्य (खसआर्य)
१२८. ई. लक्ष्मण के.सी.
१२९. भीम पराजुली
१३०. जगदीश चन्द्र उपाध्याय
१३१. राजेन्द्र के.सी.
१३२. जनार्दन सिंह क्षेत्री
१३३. उत्तमराज जोशी
१३४. अनुज चापागाई
१३५. कृष्ण प्रसाद कोइराला
१३६. माइकल रामचन्द्र अर्याल
१३७. गणेश सापकोटा
१३८. डा. भद्रा पराजुली भण्डारी
१३९. जानुका पन्त
१४०. गीता देवकोटा
१४१. कृष्ण कुमारी बस्नेत
१४२. बिनिता अधिकारी
१४३. जानकी सिंह
१४४. देवकी गौतम
१४५. चम्पा देवी खड्का
केन्द्रीय सदस्य (थारु)
१४६. डा. भोगेन्द्र प्रसाद चौधरी
१४७. जनक राज चौधरी
१४८. वेद नारायण गच्छदार
१४९. साजन कुमार महतो
१५०. डा. जीवन राना
१५१. डा. प्रमिला कुमारी गच्छदार
केन्द्रीय सदस्य (मुस्लिम)
१५२. डा. अताबुल मंसुरी
१५३. मो. इर्शाद अन्सारी
१५४. अब्दुल रज्जाक गद्दी
१५५. जमिला खातुन
१५६. सनम वेगम
केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र)
१५७. दिपकजंग शाह
१५८. सुशीला वम
केन्द्रीय सदस्य (अल्पसंख्यक तथा अपांगता)
१५९. अर्जुन शेरचन
१६०. प्रकाश पन्थ
केन्द्रीय सदस्य (युवा खुला)
१६१. सचिन तिमल्सेना
१६२. ई. अभिषेक आत्रेय
१६३. सुशील भट्ट
१६४. डा. आयुस बगाले
१६५. आदर्श मल्ल
१६६. ई. रोशन बस्नेत
१६७. ई. शैलेश मिश्र
केन्द्रीय सदस्य (युवा- कोशीबाट)
१६८. डा. योशिका भट्टराई
१६९. ई. हेमकाजी बस्नेत
केन्द्रीय सदस्य (युवा- मधेशबाट)
१७०. ममता शर्मा
१७१. गौरव पाण्डे
केन्द्रीय सदस्य (युवा- बागमतीबाट)
१७२. रजनी थापा
१७३. अंशुल के.सी.
केन्द्रीय सदस्य (युवा- गण्डकीबाट)
१७४. डा. कला पन्त
१७५. ई. सुवास पौडेल
केन्द्रीय सदस्य (युवा- लुम्बिनीबाट)
१७६. सुष्मा पाण्डे
१७७. अनुराग खड्का
केन्द्रीय सदस्य (युवा- कर्णालीबाट)
१७८. भगवती शाही
१७९. मोहन राना
केन्द्रीय सदस्य (युवा- सुदूरपश्चिमबाट)
१८०. रिता शाही
१८१. ई. भुवन राज भट्ट
कोशी प्रदेश भूगोलबाट
१८२. मृदुला कोइराला
१८३. डम्बर बहादुर खड्का
१८४. मेदनी प्रसाद सिटौला
१८५. दीपन कुमार श्रेष्ठ
मधेश प्रदेश भूगोलबाट
१८६. मेघा शाही
१८७. डा. अन्जनी कुमार झा
१८८. शम्भु बहादुर बुढाथोकी
१८9. विनोद कुमार खनाल
बागमती प्रदेश भूगोलबाट
१९०. हरि प्रभा खड्गी
१९१. प्रा.डा. सुर्यकान्त घिमिरे
१९२. ई. रोहित पौडेल
१९३. सन्तोष चालिसे
गण्डकी प्रदेश भूगोलबाट
१९४. सरस्वती अर्याल तिवारी
१९५. किरण बाबु श्रेष्ठ
१९६. रेशमबहादुर वानियाँ
१९७. खुमा प्रसाद अर्याल
लुम्बिनी प्रदेश भूगोलबाट
१९८. बालकुमारी भण्डारी
१९९. कमल किशोर घिमिरे
२००. अमर प्रसाद भण्डारी
२०१. प्रचण्ड विक्रम न्यौपाने (गुण्टु)
कर्णाली प्रदेश भूगोलबाट
२०२. रामदेवी खड्का
२०३. राजिव विक्रम शाह
२०४. खड्ग बहादुर शाही
२०५. दिक्पाल कुमार शाही
सुदूरपश्चिम प्रदेश भूगोलबाट
२०६. अम्बिका कुमारी चलाउने
२०७. जनक चटौत
२०८. दिवान सिंह विष्ट
२०९. बहादुर सिंह थापा
नेपाली जनसम्पर्क समितिबाट
२१०. सिता सापकोटा घिमिरे
२११. चन्द्रा अधिकारी (चन्दा)
युरोप क्षेत्रबाट
२१२. जितेन्द्र विक्रम शाही
ओसियाना–अमेरिका क्षेत्रबाट
२१३. सिए. विद्या भूषण कार्की
मध्यपूर्व क्षेत्रबाट
२१४. पुरुषोत्तम खनाल
प्यासिफिक क्षेत्रबाट
२१५. डा. बलराम श्रेष्ठ
भारतबाट
२१६. बालकृष्ण पाण्डे
पेसागत/विषयगत क्षेत्रबाट
२१७. डा. केदार नरसिंह केसी
२१८. प्रा.डा. जगदीश चन्द्र पोखरेल
२१९. वरिष्ठ अधिवक्ता सीताराम केसी
२२०. डा. प्रदीप मिश्र
२२१. केशव निरौला
२२२. डा. सीता पोख्रेल (घिमिरे)
२२३. बाला अधिकारी
श्रमिक वर्गबाट
२२४. खिलानाथ दाहाल
२२५. योगेन्द्र कुमार कुँवर
२२६. सितादेवि काफ्ले
काठमाडौं उपत्यकाबाट
२२७. मोहन बहादुर वस्नेत
२२८. प्रा.डा. अमिता प्रधान शाक्य
प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्व प्रभावित समुदायबाट
२२९. सत्यनारायण माझी थारु
२३०. बालकृष्ण दाहाल
२३१. जनार्दन अर्याल
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि