नेपालगन्ज। बाँके क्षेत्र नं ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले विवादित अडिओ संवादमा भएको आवाज आफ्नो नभएको दाबी गरेका छन्। यसअघि सामाजिक सञ्जालमार्फत दिएको प्रस्टीकरणजस्तै भाषामा लेखेर उनले यस्तो इन्कारी बयानपत्र पार्टीको छानबिन समितिलाई बुझाएका हुन्।
उनको अडिओ सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको अनुशासन आयोगलाई छानबिन गर्न र सुनारलाई उक्त छानबिन नसकिएसम्म सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको थियो। सोहीअनुसार आयोगले उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा छानबिन समिति बनाएको थियो।
भट्टराईका अनुसार सुनारले लिखित जवाफमा पनि अडिओमा आफ्नो आवाज नभएको भन्दै उक्त अडिओ इआईबाट बनाइएको दाबी गरेका छन्। प्रहरी संगठनमा भइरहेको भष्ट्राचार र बदमासीबारे प्रहरी प्रमुखलाई नै प्रश्न गर्दा आफूमाथि श्रृखलावद्ध प्रहार भएको दाबी पनि उनले त्यो पत्रमा दोहोर्याएका छन्।
यो लिखित जवाफसँगै उनिमाथिको छानबिन प्रक्रिया अझ लामो र थप जटिलसमेत हुने देखिएको छ। उनले लिखित पत्रमा आरोपहरू इन्कार गरेसँगै अब समितिले उक्त अडिओ सार्वजनिक गर्ने सञ्चारमाध्यमबाट लिएको अडिओको आधिकारिकता परीक्षण गर्नेछ। त्यसका लागि प्राविधिक जाँचसम्म गर्नुपर्ने हुन्छ। पत्रपछि समितिले सुनारको मौखिक बयानसमेत लिने तयारी गरेको छ।
त्योसँगै सुनारसँगको विवादमा मुछिएकी महिलासँग एउटा सञ्चारमाध्यमले लिएको अन्तर्वार्ता पनि समितिले अध्ययन गरिरहेको छ। ती महिलाले पनि उक्त अडिओको आवाज आफ्नो नभएको बताएकी थिइन्।
यो घटना र पार्टीको निर्देशनपछि सुनार सार्वजनिकरुपमा देखा परेका छैनन्।
अडिओ संवादमा उनले एकजना महिलालाई एकोहोरो गाली गलौज र अश्लील शब्दहरू बोलेको सुन्न सकिन्छ। अडियो सुन्दा ती महिला कुनै राजनीतिज्ञ हुन्। यहिँनेर उक्त सञ्चारमाध्यमले भने ती महिला नेपाली काँग्रेसका तर्फबाट बाग्मती प्रदेश सभा सदस्य र राज्यमन्त्रीसमेत रहेको दाबी गरेको छ।
यो अडिओमा महिलाले दाबी गरेअनुसार सुनारले उनलाई श्रीमतीकै दर्जा दिएका थिए र नाङ्गा भिडिओहरू बनाएर निरन्तर पैसा असुल गर्दै आएका थिए। यो अडिओमा पनि उनले समय नै तोकेर आठ बजेसम्म पैसा आउँछ कि आउँदैन भनेर निरन्तर सोधेका छन्। र अन्त्यमा ती महिलाले विवश भएर पैसा आउँछ भनेपछि सुनार कुनै फिल्मको भिलेनजसरी हाहाहा गरेर हाँसेका छन्।
‘मलाई बूढी भन्ने, तर सधैँ कुट्ने, पिट्ने, काट्छु भन्ने, मार्छु भन्ने,मेरो नांगो भिडियो बनाउने, दुनियाँथरी टर्चर दिने,पैसा दिन्नँ भनेपछि पिट्ने,आखिर मैले यो कहिलेसम्म सहने’ ती महिलाले भनेकी छन् ‘हजुरले मेरो नांगो भिडियो बनाउनुभयो, मैले सहेँ,तर मलाई किन यसरी टर्चर गरिरहनुहुन्छरु’ सुनारले एक कांग्रेस नेतासँग नाम जोडेर ती महिलालाई ‘वेश्या’ भन्दै गालीगलौज गरेको पनि अडियोमा सुनिन्छ । भनेका छन्, ‘दुनियाँसँग सुतेकी यस्तालाई माननीय भन्नुपर्ने रे,हा हा हा।’
बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचन जितेका सांसद हुन्, खगेन्द्र सुनार। कुनै बेला रेडियो पत्रकारसमेत बनेका खगेन्द्र खासगरी आफ्नै दलित समुदायको मुद्दा मामिलालाई सडकमा ल्याउँदा ल्याउँदै चर्चित बने।
जति उनलाई ती मुद्दाहरूले पछ्याए, उनले मुद्दाहरूलाई पछ्याए त्योभन्दा धेरै उनले विवादहरू पछ्याउन थाले। जसका कारण उनि निरन्तर चर्चामा आइरहे। माइतीघरका सडकमा होस् वा देशका कुनै ठाउँका घटनाहरू सकेसम्म खगेन्द्र आफ्ना केही दलबलसहित पुगहाल्थे अनि आफ्नो ‘स्टन्ट’ देखाइहाल्थे। जहाँ चर्चा पनि थियो, विवाद पनि। उनकै कारण न्याय पाएकाहरू थुप्रै छन्, उनै कारण जिन्दगी वर्वाद भयो भन्नेहरू पनि छन्।
उनि आफ्नै समुदायमा जति चर्चामा हुन्छन्, त्यत्तिकै विवादित पनि। अनि जति चर्चामा आउँछन् उति विवादित पनि।
बाँकेका सांसद खगेन्द्रको फेरि ‘इन्कारी स्पष्टीकरण’, छानबिन झन् जटिल र लामो हुने
डुडुवाले राप्तीमा जबर्जस्ती उत्खनन् गर्न थालेपछि राप्ती सोनारीको विरोध
श्रीमतिको हत्या गरेर आफू रुखमा झुन्डिए उमेश, चार वर्षीय छोरा पनि घाइते
बाँकेमा शान्तिपूर्ण भयो मूर्ति बिसर्जन, प्रहरी प्रमुख जिसी भन्छन्, ‘हामी पहिलादेखि नै समुदायमै थियौं’
बाँकेकाे कसुमनजिकै दुई कार जुधे एकजनाको मृत्यु, छ जना घाइते
दलाई लामासँग जोडिएको आनीको अर्को परिचय ‘तिब्बती बौद्ध भिक्षुणी’