नेपालगन्ज : चाडबाड नजिकिएसगैं अबैध धन्दा मौलाएकोछ । प्रहरी तथा प्रशासनको आँखा छलेर अबैध धन्दा गर्ने समुह सक्रिय भएका हुन् ।
जिल्लाका विभिन्न नाकाबाट अबैध कार्य मौलाएपछि बाँके प्रहरीले समेत तदारुक्ता देखाएकोछ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले शुक्रबार राती साढे १२ बजे अवैधरुपमा नेपाल भित्र्र्याइएका ठूला मात्रामा खसी नियन्त्रणमा लिएकोछ ।
कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ८९९८ नम्बरको ट्रकमा लोड गरि ६४ ओटा खसी बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीबाट प्रहरीले बरामद गरेको हो ।
नियमित चेकजाँचका क्रममा ६४ खसी फेला परेका ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । उनले नियन्त्रणमा लिइएका खसिको मूल्य पाँच लाख बराबरको रहेको बताए ।
प्रहरीद्वारा नियन्त्रणमा लिइएको खसि तथा ट्रक चालक कृष्णप्रसाद पराजुलीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको जानकारी दिए ।
नेपालगन्ज नाकाबाट भारतीय खसीबोकाको आयातमा रोक लगाएसँगै ग्रामीण क्षेत्रका नाकाबाट तस्करी बढेको छ । सरकारले भारतबाट स्वास्थ्य प्रमाणपत्र नलिई ल्याइएका पशुपक्षी, पशु उत्पादन सामग्री तथा पशुजन्य पदार्थको क्वारेन्टाइन नगर्ने नीति कार्यान्वयन गरेपछि खसीबोका ग्रामीण नाकाबाट तस्करी हुन थालेको हो ।
नेपालगन्जस्थित पशु क्वारेन्टाइन चेकपोष्टले ‘क्वारेन्टाइन नगर्ने’ भएपछि व्यापारीले छोटी नाकाबाट खसीबोका तस्करी गरेर नेपालगन्ज ल्याउने गरेको पाइएको छ ।
अवैधरुपमा नेपाल ल्याइएको खसीबोका प्रहरीले दैनिकजसो नियन्त्रणमा लिने गरेकोछ । दुई हप्ताअघि पनि भारतबाट तस्करी गरेर ल्याउँदै गरेका तीन लाख २० हजार मूल्यका ३९ खसीबोका प्रहरीले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरबाट नियन्त्रणमा लिएको थियो ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी