काँग्रेसद्वारा संसद अबरुद्ध, गृहमन्त्रीको जवाफ चित्त बुझेन


काँग्रेसद्वारा संसद अबरुद्ध, गृहमन्त्रीको जवाफ चित्त बुझेन

काठमाडौं: प्रमुख विपक्षी दल नेपाली काँग्रेसले संसद अबरुद्ध गरेकोछ । बाँके घटनालाई लिएर प्रमुख विपक्षी दल नेपाली काँग्रेसले संसद अवरुद्ध गरेको हो ।

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार नेपालगन्जमा कार्यकर्ता भेटघाटमा बोल्दै बाँकेको खजुरा गाँउपालिका वडा नम्बर १, सीतापुरमा बिहीबार भएको घटनाका दोषीलाई कारबाहीका विषयमा संसदमा कुरा उठाउने बताएका थिए ।

सीतापुर घटनाको विरोध जनाउदै काँग्रेसले संसदमा दोषीलाई कडा कारबाही गरिनुपर्ने बताएको थियो ।

काँग्रेसले उठाएको मागलाई गृहमन्त्री रामबहादुर थापा बादलले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपनि काँग्रेस सांसदहरुले अवरोध जारी राखे ।

Kanti Aarogya Hospital Nepalgunj

काँग्रेसको अवरोधपछि संसद ३० मिनेटका लागि स्थगित गरिएको छ ।

सितापुरस्थित नेपाल रेडक्रस सोसाईटीको सभाहलमा काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तगर्त दोस्रो चरणको कार्यक्रम चलिरहेका बेला नेकपाका नेता तथा कार्यकर्ताले सभापति कोइराला लगायतका काँग्रेस नेता कार्यकर्तामाथि आक्रमण गरेका हुन् ।

आक्रमणबाट नेपाली काँग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँचिएको छ । आक्रमणमा दर्जनबढी काँग्रेस नेता तथा कार्यकर्ता समेत घाइते भएका छन् ।