बुटवल: अज्ञात समूहको गोली लागि एक जनाको मृत्यु भएकोछ ।
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर–३, मा आईतबार अज्ञात समूहको गोली लागेर महेन्द्र कुर्मीको मृत्यु भएकोछ ।
जिल्ला प्रहरी कार्यालय रुपेन्देहीका अनुसार ओमसटिया–४, का ३७ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो ।
गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको र घटनाबारे अनुसन्धान भईरहेको रुपन्देही प्रहरीका एसपी हृदय थापाले बताउछन् ।
स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाँकाको समूहले गोली हानेको दाबी गरेका छन् ।
बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर ५ लाख रुपैयाँ लुटेको रुपन्देही प्रहरीका एसपी हृदय थापा बताउछन् ।
उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयले बताएका छन् । प्रहरीले डाँका समुहबारे खुलाएको छैन् । रुपन्देहीको रोहिणी क्षेत्र जिल्ला लुटपाट हुने स्थानमा पर्दछ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी