काठमाडौँ: बाँके घटनाको चित्तबुझ्दो जवाफ नआएको भन्दै आईतबारको दोस्रो बैठक पनि अबरुद्ध गरेकोछ ।
आइतबार दोस्रो बैठक सुरु भएलगत्तै सभामुख कृष्णबहादुर महराले सदनको कारवाही सुरु भएको घोषण गर्ने वित्तिकै काँग्रेसका सांसदहरु आसनबाट उठेर विरोध गरेका थिए ।
काँग्रेसले लगातार संसद बैठक अवरोध गरेपछि सभामुख महराले अर्को बैठक सोमबार ३ बजे बस्नेगरी स्थगित भएको घोषणा गरे ।
यसअघि प्रतिनिधिसभाको आईतबारको पहिलो बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै काँग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरेका थिए । त्यसपछि बसेको बैठकमा पनि काँग्रेस सांसदले विरोधलाई निरन्तरता दिएपछि सोमबार बस्ने गरि बैठक स्थगित गरिएको हो ।
बैठकको सुरुमै बोल्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले दोश्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम विथोल्ने गरि राज्यसंयन्त्रको निर्देशनमा बाँंके घटना गराइएको आरोप लगाएका थिए ।
जागरण अभियानलाई गम्भीर प्रहार गर्न योजनावद्ध ढंगले बाँके घटना गराइएको उल्लेख गर्दै असंवैधानिक र विधि विपरितका क्रियाकलापको खाँडले निन्दा र भत्र्सना गरे ।