बाँकेमा ५५ जनाले आत्महत्या गरे
नेपालगन्ज:प्रहरीको तथ्याकं अनुसार एक वर्षको अवधीमा बाँकेमा ५५ जनाले आत्महत्या गरेका छन् । रेकर्डअनुसार आर्थिक वर्ष ०७४/७५ मा बाँकेमा मात्रै ५५ जनाले यो वा त्यो वहानामा आत्महत्या गरेका छन् ।
मानिसमा छिटो प्रगति गर्ने चाहना, आकांक्षा र कुण्ठाले डिप्रेसन हुने र सोही डिप्रेसनमा परेकाले आत्महत्याको निर्णय गर्ने मनोचिकित्सक डाक्टर विक्रम काफ्ले बताउँछन् ।
कतिपयले भोलि केही गर्न सकिएला भनेर नसोची गलत निर्णय लिंदा मृत्युवरण गर्ने गरेका छन । उनले भने, ‘पछिल्लो समय यो अवस्था जटिल बन्दै छ ।’ आत्महत्या गर्नेमध्ये झुण्डिएर मर्नेको संख्या बढी छ ।
प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेश पाँचमा एक वर्षमा एक हजार एक सय १८ जनाले आत्महत्या गरेका छन् । प्रदेशमा औसतमा दैनिक चार जनाले आत्महत्या गर्ने गरेको देखिएको छ ।
गत वर्ष ७ सय ५६ ले झुण्डिएर आत्महत्या गरेका थिए । २ सय ९८ ले विष सेवन गरी आत्महत्या गरेका थिए । आफैं गोली हानेर दुई र आगो लगाएर पाँच जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । यसअघि एक हजार ९४ जनाले आत्महत्या गरेका थिए ।
प्रदेश प्रहरीको रेकर्डअनुसार रूपन्देहीमा २ सय २७, पाल्पामा ९०, दाङमा २ सय १२, कपिलवस्तुमा १ सय ३०, नवलपरासीमा ८६, बर्दियामा ८३, प्यूठानमा ६८, रोल्पामा ५७ जनाले आत्महत्या गरेका छन् ।
यसैगरी, गुल्मीमा ५५, अर्घाखाँचीमा ४५, बाँकेमा ५५ र पूर्वी रुकुममा १० जनाले आत्महत्या गरेका छन् ।
बढ्दो महत्वकांक्षा र बदलिंदो जीवनशैलीले पनि आत्महत्या बढ्दै गएको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी