खजुरा आक्रमणको विरोधमा चक्काजाम, दोषिलाई कारबाही नभए कडा आन्दोलन


खजुरा आक्रमणको विरोधमा चक्काजाम, दोषिलाई कारबाही नभए कडा आन्दोलन

नेपालगन्ज: नेपाली काँग्रेसको भातृ संगठन तरुण दलले खजुरा गाउँपालिका–१, सीतापुरमा भएको आक्रमणको विरोधमा नेपालगन्जमा प्रदर्शन गरेको छ ।

दोषीलाई कारबाहीको माग गर्दै काँग्रेस भातृ संगठन नेपाल तरुण दलले नेपालगन्जको विरेन्द्र चोकमा २ घण्टा चक्का जाम गर्दै प्रदर्शन गरेको हो ।

नेपाल तरुण दल बाँकेको आयोजनामा पार्टी कार्यालयबाट शुरु भएको दबाब ¥याली बिपि चोक हुँदै विरेन्द्र चोक पुगेर कोणसभामा परिणत भएको थियो ।
सो क्रममा सरकार विरुद्ध चर्का नाराबाजी गर्दै तरुण युवा तथा का“ग्रेस नेता, कार्यकर्ताहरुले नेकपा र सरकार विरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । खजुरा घटनाको दोषीलाई पहिचान गरि कारबाही गरिनुपर्ने भन्दै गरिएको दवावमुलक ¥यालीले विरेन्द्र चोकमा टायर बालेर सवारीसाधन आवागमनमा समेत अवरोध पु¥याएका थिए ।

बहुदलीय व्यवस्थामा राजनीतिक दलहरुले विरोधका कार्यक्रम गर्न पाउने कानूनी व्यवस्थाको खिल्ली उडाउँदै खजुराको कार्यक्रममा आक्रमण भएको काँग्रेसको ठहर छ ।

Kanti Aarogya Hospital Nepalgunj

अराजक प्रवृत्ति नदोहोरियोस र दोषीहरुलाई कारबाही होस् भन्ने मागसहित नेपाल तरुण दलले विरोध गरेको तरुण दल बाँके अध्यक्ष बिरेन्द्र शाहले बताए ।

‘बहुदलीय व्यवस्थामा राजनीतिक दलहरुले कार्यक्रम गर्न पाउने कानूनी व्यवस्था छ । तर, त्यसमा आक्रमण भएको छ,’ उनले भने, ‘यस्तो घटना भविष्यमा नदोहोरिन त्यस्ता अराजक व्यक्तिलाई कारबाही गरिनुपर्छ, कारबाहीका लागि दबाव दिएका हौं दोषीलाई कारबाही नगरिए आन्दोलन थप सशक्त पार्छौं ।’

कोणसभामा बोल्ने वक्ताहरुले ज्यान मार्ने उद्योगको मुद्दा प्रहरीले आफूहरुको दबाबपछि मात्रै दर्ता गर्न मानेको भन्दै मुद्दालाई कमजोर बनाउने षड्यन्त्रका विरुद्ध आफ्नो आन्दोलन रहेको बताएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै प्रदेश नम्बर ५ का सांसद सुरेन्द्र हमालले दुई तिहाईको सरकारले महंगी, भ्रष्टाचार र गुण्डागर्दीलाई प्रश्रय दिँदै गएको भन्दै उनीहरुले जनताको जीउधनको सुरक्षा गर्न सरकार असफल भएको टिप्पणी गरे ।

आफ्नो पार्टीको कार्यक्रममा जबर्जस्ती प्रवेश गरेका नेकपा समर्थित कार्यकर्ताहरुले आक्रमण गरेर पार्टी सभापतिको हात भाँचिदा समेत घटनालाई व्यक्तिगत भन्नु सर्वसत्ताबाद भएको उनीहरुको टिप्पणी थियो ।

ज्यान मुद्दा दर्ता गरिएका सबैलाई पक्राउ गरी कडा कारबाही नहुँदासम्म का“ग्रेस लगायत तरुण दलले खबरदारी गरिरहने वक्ताहरुले बताएका थिए ।

नेपाल विद्यार्थी संघका बाँके अध्यक्ष पुर्ण आचार्य, राष्ट्रिय जागरण कार्यक्रमका केन्द्रिय प्रतिनिधि भरत न्यौपाने, विद्याप्रसाद खनाल, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, काँग्रेस नेता लक्ष्मी नारायण शाह, जिल्ला सदस्य एबम डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगर, काँग्रेस बाँकेका पुर्ब जिल्ला सचिव रबिन्द्र हमाल, तरुण दलका पुर्ब केन्द्रिय सदस्य सुदिपनरसिङ राणा लगायतले घटनाको विरोध जनाउदै दोषीलाई याथासक्य कारबाही गरिनुपर्ने बताएका थिए ।

बाँकेको खजुरामा भएको घटनाको विरोधमा नेपाली काँग्रेसले दोषीलाई कारबाहीका लागि भन्दै यसअघि गृहमन्त्रीलाईला ज्ञपान पत्र समेत बुझाएकोछ । भने काँग्रेसले संसद तथा राष्ट्रिय सभा समेत अबरुद्ध पारेकोछ ।

बाँके घटनाको नेपाली काँग्रेसले देशब्यापी विरोध गर्दै आएकोछ । २६ भदौमा बाँकेको खजुरा गाउँपालिका– १ स्थित रेडक्रम सोसाइटीको सभाहलमा कार्यक्रम चलिरहँदा नेकपाका कार्यकर्ताको आक्रमणबाट जिल्ला सभापति किरण कोइरालाको हात भाँचिएको थियो भने अन्य केही नेता कार्यकर्ता घाइते भएका थिए ।