बर्दिया प्रहरीद्वारा ६ लाख बढीको अबैध केराउ बरामद


बर्दिया  प्रहरीद्वारा ६ लाख बढीको अबैध केराउ बरामद

नेपालगन्ज:जिल्ला प्रहरी कार्यालय बर्दियाले भन्सार छलि चोरी निकासी गरी बेवारिसे अवस्थामा थुपारी राखेका अबैध केराउ बरामद बरामद गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीको नेतृत्व टोलीले मङ्गलबार अबैध केराउ बरामद गरेको हो ।

बर्दिया जिल्ला बढैयाताल गाँउपालिका वडा नम्बर ८, कण्ठपुर चोकबाट ६ लाख ६२ हजार पाँच सय मूल्यको २ सय ६५ बोरा केराउ (प्रतिबोरा ५० केजी) बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक ओलीले बताए ।

उनका अनुसार कण्ठपुर चोक स्थित मुनाल बस्तिको सडक छेउ भारत लैजान तयारी अवस्थामा राखेको केराउ प्रहरीले मङ्गलबार दिउँसो साढे २ बजे बरामद गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरीले सडक छेउमा भन्सार छली, चोरी निकासी गरी नेपालबाट भारततर्फ लैजान तयारी अवस्थामा राखेको बताएको ।

बरामद गरेको २ सय ६५ बोरा अबैध केराउ आबश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया, बर्दियामा पठाईएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।

यता बर्दिया जिल्लामा हालै सरुवा भइ आएका बर्दियाका प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले जिल्लामा हुने गरेको चोरी पैठारी तथा अबैध कारोबारमाथि कडा निगरानी बढाएकाछन् ।

जिल्लामा हुने गरेका चोरीपैठारी तथा अबैध कारोबारलाई निस्तेज पार्न विशेष ध्यायन दिएको बर्दिया प्रहरी प्रमुख एसपी बास्तोलाले सेतोखरीलाई जानकारी दिए ।

सेतोखरीसंग कुरा गर्दै बर्दिया प्रहरी प्रमुख एसपी बास्तोलाले भने–‘पछिल्लो समय जिल्लामा चोरीपैठारी तथा अबैध कारोबारमा संलग्न ब्यक्तिहरुको गतिवविधी बढेको छ । अझ चाडबाडको मौका छोपी हुने गरेको चोरीपैठारी तथा अबैध कार्यमा हामीले निगरानी बढाएकाछौं । उनले भने–‘बर्दिया प्रहरीले अबैध तथा चोरीपैठारीमा संलग्न ब्यक्तिहरुमाथि निगरानी बढाएसगैं सफलता पनि प्राप्त गरिरहेकोछ ।’