अरुण खोलामा खसेको जिप भेटिएन, खोजीका लागि गोताखोर पर्खिंदै प्रहरी


अरुण खोलामा खसेको जिप भेटिएन, खोजीका लागि गोताखोर पर्खिंदै प्रहरी

विराटनगर: अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या भएको छ । निरन्तरको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या भएको हो ।

धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट ६ जना यात्रुसहित जीप अरुण नदीमा खसेको थियो ।

मंगलबार राति अन्दजी १० बजे को १ ज ३७४९ नम्बरको बोलेर जीप धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना हराइरहेकाछन् ।

संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ महिने बिरामी छोरालाई लिएर आउँदै गरेको जीप नदीमा खस्दा श्रेष्ठकी श्रीमती र छोरासहित ६ जना हराइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासाभाका प्रहरी निरीक्षक सन्तोषकुमार राई बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार घटनास्थल आसपास स्थानीय र प्रहरी पुगे पनि खोजी गर्न सक्ने अवस्था छैन् । ‘कच्ची सडकबाट जीप अरुण नदीको दहमा खसेको देखिन्छ’, घटनास्थलमा रहेका राईले भने, ‘यहाँबाट खोज्न सक्ने अवस्था छैन्, माथिबाट गोताखोरको टोली मगाएका छौं ।’

मौसम खराबीका कारण गोताखोरको टोली आउन पनि समस्या भएको उनले बताए ।