नेपालगन्ज : बाँकेमा नक्कली लोकल कुखुराको बिगबिग मच्चिएको छ । बोइलर कुखुराको चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’ भन्दै महंगोमा विक्री गर्ने समूह सक्रिय भएपछि बाँकेका विभिन्न क्षेत्रमा यस्तो बिगबिगी मच्चिएको हो ।
यसरी बोइलर कुखुकरालाई मेहँन्दी लगाएर लोकल बनाई बिक्रि गर्दै आएका भारतीय नागरिकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले शुक्रबार पक्राउ गरेको छ ।
सेतो चल्लामा कालो मेहन्दी लगाउँदै गर्दा कोहलपुरमा भारत रामपुरका मोहमद नाजिर र सरिफ अलीलाई पक्राउ गरेको इप्रका कोहलपुरका डिएसपी हेमबहादुर शाही बताउँछन् ।
कालो मेहन्दी लगाउँदै गरेको र लगाइसकेको गरी सयवटा जति चल्ला बरामद गरेको उनी बताउँछन् । बोइलरको भन्दा लोकल वा गिरिराजको चल्ला महगोमा विक्री हुनेरहेछ उनले भने ‘ आफ्नो फाईदाका लागि गलत काम गर्नेलाई पक्राउ गरेका छौं ।’
उनले थपे ‘अनुसन्धान जारी छ दोषी देखिए कानून अनुसार कारवाही हुन्छ ।’
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी