नेपालगन्ज: सडक दुर्घटनामा मृत्यु भएकी सिता चौधरीको आफन्तले चक्का जाम गरेकाछन् । दोषीलाई पत्ता गरि कारबाही गरिनुपर्ने माग राख्दै पीडित पक्षले शनिबार बेलुका घटनास्थलमा चक्का जाम गरेका हुन् ।
नेपालगन्ज उपमहागनरपालिका वडा नम्बर १२, स्थित नर्सिङ्ग होम अगाडी सुर्खेतरोडमा आज शनिबार विहान मोटरसाईकलले ठक्कर दिदाँ सिताको मृत्यु भएको हो ।
सडक पार गर्ने क्रममा तिव्रगतिमा आएको मोटरसाईकलले ठक्कर दिएपछि उछिट्टिएर सडकमा लडेकी सिताको नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरी निरीक्षक वस्नेतका अनुसार नर्सिङ होम अगाडी मोटरसाईकलले मृतक सितालाई ठक्कर दिएको हो । बिहान साढे १० बजे नम्बर नखुलेको स्पेलेण्डर मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाइते भएकी सिताको उपचारका क्रममा मृत्यु भएको थियो ।’
उनले भने सितालाई ठक्कर दिने मोटरसाईकल र चालक पहिचान हुन सकेको छैन । आफ्नो माताहतका सवै विटहरुमा खबर गरि मोटरसाईकल र चालकको खोजी गरिरहेकाछौं ।
दाङ्ग गडवा ७ स्थायी ठेगाना भएकी २२ वर्षिय सिता नेपालगन्ज स्थित एक फार्मेसीमा जागिरे रहेको बुझिएको प्रहरीले जनाएकोछ । उनको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएकोछ ।
पछिल्ला दिन सडक दुर्घटनाको दर दिनानुदिन बढिरहेकोछ । सडकमा सवारी चाप बढ्नु, अव्यवस्थित पार्किङ्ग, मनपरि सडक पार गर्नु, चालक र पैदल यात्रुको लापरबाही एवंम तिव्र गतिका कारण दुर्घटना बढेको हो ।
चाडबाड नजिकिएसंगै सडक दुर्घटनाका दर बढ्ने गरेको यसअघि ट्राफिक प्रहरीले जारी गरेको तथ्यांकले समेत देखाएकोछ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी