नेपालगन्ज: नेपालगन्जको न्यूरोड स्थित कान्तिपुर गेष्ठ हाउसबाट चार किलो अफिम सहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाँच नम्बर प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले अफिम सहित उनीहरुलाई शनिबार नियन्त्रणमा लिएको हो ।
प्रदेश व्यूरो प्रहरी र बाँके प्रहरीको टोलीले नेपालगन्जको न्यूरोड स्थित कान्तिपुर गेष्ठ हाउसबाट ४ किलो प्रतिबन्धित लागू औषध अफिमसहित ३ जनालाई शनिबार नियन्त्रणमा लिएको जनाएकोछ ।
व्यरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा खटेको प्रहरी टोलीले न्यूरोडमा रहेको कान्तिपुर गेष्ठ हाउसको कोठा नम्बर ३०५ बाट अफिम सहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
जाजरकोट डाँडागाउ घर भई हाल गुलरिया नगरपालिका–८ बर्दिया बस्ने वर्ष २८ को बालकृष्ण थापा, २६ वर्षको डम्बर थापा र रोल्पा थवाङ्ग गाउपालिका बस्ने २७ वर्षिय दुख रोकायको साथबाट ४ किलो अफिम प्रहरीले बरामद गरेको थियो ।
पाँच नम्बर प्रदेश प्रहरी व्यूरोका प्रहरी निरीक्षक क्षेत्रीले बरामद अफिम सहित प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई थप अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाएको बताएकाछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखाका प्रमुख प्रहरी निरीक्षक दीपक मल्लले लागुऔषध अफिम सहित पक्राउ परेका तीनजनामाथि अनुसंधान थालिएको बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखि उनीहरुमाथि अनुसन्धान सुरु गरिएकोले उनीहरु भरिया हुन वा लागुऔषध कारोबारी अनुसन्धान पछि खुल्ने मल्लले जानकारी दिए ।