नेपालगन्ज : नेपाली काँग्रेसको दोस्रो चरणको जनजागरण कार्यक्रम भव्यताका साथ समापन गर्न तयारी गरिएको छ ।
१५ दिने जनजागरण कार्यक्रम असोज ७ गते बृहत ¥यालीसहित त्रिभुवन चोकमा सभा गरेर समापन गर्न लागिएको हो । गाउँ–गाउँमा जनजागरण कार्यक्रम गरेको नेपाली काँगे्रस बाँकेले ७ गते भव्य बृहत सभा गर्न लागेको जिल्ला सभापति किरण कोईरालाले बताईन् ।
सभालाई काँगे्रस सचेतक एवम् काँग्रेस नेतृ पुष्पा भुसालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभामा उपस्थितीका लागि काँगे्रसका भातृ तथा शुभेच्छुक संघ संगठनलाई पनि परिचालन गरिएको सभापति कोइरालाले जानकारी दिईन् । असोज ७ गते मंगलबार बिहान ११ बजे पार्टी कार्यालयबाट सुरु हुने बृहत ¥याली नगर परिक्रमा पश्चात त्रिभुवन चोक पुर्वपट्टी सभामा परिणत हुने बताइएको छ ।
काँगे्रस बाँकेले जनजागरण कार्यक्रम गरिरहेका बेला खजुरा गाउँपालिका वडा नम्बर २, सीतापुरमा जिल्ला सभापति कोइरालामाथि सांघातिक आक्रमण हुदाँ कोइरालाको हात भाँचिएको थियो ।