नेपालगन्ज : बर्दियामा जनप्रतिनिधिले नै गाउँपालिकामा लाताबन्दी गरेका छन् ।
विशेष गाउँसभाको माग गर्दै जिल्लाको गेरुवा गाउँपालिकामा गाउँपालिकाका वडाध्यक्षसहित जनप्रतिनिधिहरुले तालाबन्दी गरेका हुन् ।
वडाध्यक्ष र सदस्यहरुले संयुक्तरुपमा प्रेस विज्ञप्ती जारी गर्दै आईतबार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेका हुन् ।
आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम र बजेट झुक्याएर पास गरिएको, शिक्षा कार्य्बिधिलगायतका ऐन निर्माण थाहा नदिई पास गरेको, प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीको सेवा सुविधा अनावश्यकरुपमा थप गरिएको, शिक्षक निर्देशिका विपरित अनावश्यक शिक्षक र विषय थप गरी नयाँ शिक्षक विज्ञापन गरिएको भन्दै विरोध स्वरुप तालाबन्दी गरिएको विज्ञप्तीमा जनइएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको सरुवा भइसकेपनि आर्थिक गतिबिधीमा संलग्न भइरहेको आरोप लगाइएको छ ।
गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिह केसीले भने गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दा जनप्रतिनिधिहरुले कुनै सल्लाह नगरी कर्तव्य र मर्यादा विपरीत तालाबन्दी गरेको बताए ।
गाउँ सभाले जनाताका चाहाना र आकांक्षा विपरीत कुनै पनि निर्णय नगरेको भन्दै जनप्रतिनिधिले नै कार्यालयमा ताला लगाउनु नैतिकताले नसुहाउने उनले बताए ।