नेपालगन्ज : बाँकेको नेपालगन्जस्थित जमुनाह नाका असुरक्षित बन्दै गएको छ । बाँके प्रहरीले सीमामा कडा सुरक्षाको व्यवस्था गरेको भन्दै जति गर्जन छोडेपनि पछिल्लो समय उक्त नाका महिलाका लागि एकदमै असुरक्षित भइरहेको छ ।
जोखिमपूर्ण यात्रामा वैदेशिक रोजगारीमा जान निस्केका महिलाको तथ्याकलाई निहाल्दा उक्त नाका असुरक्षित बन्दै गएको प्रष्ट देखिएको छ ।
मानव दलालले महिलालाई भारत तथा खाडी मुलुकमा पु¥याउन उक्त नाकाको चरम प्रयोग गर्दैआएका छन् । तर, सीमा सुरक्षाका लागि खटिएको जनपथ, सशस्त्र लगायतको सुरक्षा निकाय टुलुटुलु हेरेर बस्ने गरेको छ ।
अधिकांश महिला तरकारी किन्न रुपैडिहा जान लागेको बहानाबाजीमै दालको फन्दामा पर्ने गरेका छन् । भारतका कोठी तथा खाडी मुलुकबाट उद्धार गरिएका अधिकाँश महिलाले नेपालगन्ज नाका हुँदै गएको बयान दिदै आएका छन् ।
यसबाट पनि प्रमाणित हुन्छ कि उक्त नाका कति असुरक्षित बनिरहेको रहिछ । बेचिएका र जोखिममा परेका चेली फर्काउन नेपाल र भारतबीच सन्धि सम्झौता नभएको जानकारहरु बताउँछन् ।
आर्थिक वर्ष २०७५/७६ मा ५७ चेलीको विदेशी भूमिबाट उद्धार गरिएको छ । माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार आव २०७४/७५ मा ५२ जना, २०७३/७४ मा ५१ जना, २०७२/७३ मा २६ जना, २०७१/७२ मा १९ जना, २०७०/७१ मा ३१ जना, २०६९/७० मा १४ जना र २०६८/६९ मा चार जनाको उद्धार गरेको छ ।
आव २०७५/७६ मा ९०२ जनालाई माइती नेपालले सीमाबाट उद्धार गरी आवधिक गृहमा पठाएको थियो । आव २०७४/७५ मा ९ सय ३० जना, २०७३/७४ मा १ हजार १ सय २७ जना, २०७२/७३ मा ८ सय ५० जना, २०७०/७१ मा ४ सय ४ जनालाई उद्धार गरी आवधिक गृहमा राखेको थियो ।
माइती नेपालले आव २०७५/७६ मा ३ सय ५१ जनालाई नेपाल–भारत सीमाबाटै परामर्श दिई घर फर्काएको तथ्यांकमा उल्लेख गरेको छ । यसले पनि उक्त सीमानाका अति असुरक्षितको सूचीमा परेको छ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी