नेपालगन्ज:बाँकेको खजुरा गाउँपालिका–२, सीगाउँ नजिक भेटिएको शवको पहिचान हुन सकेकोछैन ।
सीगाउँ नजिक किरणनाला पुल नजिकैको पोखरीमा सोमबार एक पुरुषको शव भेटिएको थियो । किरणनालाको पुलदेखि केही पूर्व रहेको सो पोखरीमा डुवेर मृत अवस्थामा शव भेटिएको हो ।
प्रहरीका अनुसार कालो वर्ण देखिने अन्दाजी २५–२६ वर्षका ती युवकको सनाखत हुन सकेकोछैन ।
पोखरीमा वेवारिसे अवस्थामा भेटिएको शव देखे लगत्तै वडा सचिव ताराप्रसाद अधिकारीले प्रहरीलाई खबर गरेको बताए ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले घटनाको जानकारी आउने वित्तिकै ईलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालित भएको जनाए ।
यो समाचार तयार पार्दासम्म शवको पहिचान हुनसकेको छैन ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी