नेपालगन्ज: गाईको महीमा हिन्दु धर्म र सनातन संस्कारमा अत्यन्त महत्पवूर्ण र मातृसम्मान रूपमा गरीन्छ । गौदान अर्थात गाईको दानलाई सबैभन्दा पूण्य दिने दानहरूसँग तुलना गरिन्छ ।
गौहत्या सनातन धर्ममा एउटा घृणीत अनि निकृष्ट दानवीय पाप हो । तर, बाँकेको रनियापुरमा दैनिकजसो गाई काटेर गाईको मासु बिक्रि वितरण हुँदै आएको छ । यसको रोकथाम तथा नियन्त्रणमा बाँके प्रहरी विगतदेखि नै उदासिन देखिएको छ ।
बाँकेको रनियापुरमा काटिने गाईको मासु स्थानीय गाउँमा मात्रै नभई नेपालगन्जका साना, मझौला देखि ठूला होटलहरूमा समेत बिक्री वितरण हुँदै आएको छ ।
नेपालगन्जका अधिकांश होटलहरूले खसी र रागाँको मासुमा गाईको मासु मिसावट गरि बिक्री गर्ने गरेका छन् । मःम पसलमा पनि खसी, राँगाको मःममा गाईको मासु मिसाएर मःम बिक्री गर्ने गरेको भेटिएको प्रहरी नै बताउँछ ।
प्रहरीका अनुसार करिब दुई वर्षअघि नेपालगन्जका विभिन्न होटलमा गाईको मासु भेटिएको थियो । अहिले पनि यहाँका होटलमा खसी, रागाँसँगै गाईको मासु पनि बिक्रि हुँदै आएको खुलेको छ ।
गाई नेपालको राष्ट्रिय जनावर मात्रै होइन यहाँका बहुसंख्यक हिन्दूहरुको पूज्य जनावर हो । केही दिन अघि सुर्खेतमा दशौं गाईको भीरबाट लडाएर निर्ममहत्या भएको घटना सेलाउन नपाउँदै बाँकेको रनियापुरमा बुधबार गाई काटिएको छ ।
गाई काटेको अभियोगमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा ७ बठुवाको खेतमा बुधबार राती गाई काटेका तीन जनालाई ईलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् । पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् । एसपी ओलीका अनुसार एक जना फरार रहेका छन् ।
राती गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरी टोली त्यसतर्फ गएको थियो । प्रहरी पुग्दा गाई काटेर घर–घरमा मासु लगिसकिएको ईलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक पोषण थपलिया बताउँछन् । तीन जनाको घरबाट मासु समेत बरामद गरिएको प्रहरी निरीक्षक थपलियाले बताए ।
तीन जनाको घरबाट ५० किलो गाईको मासु बरामद भएको बताउँदै घटनास्थलमा गाईको टाउको र खुट्टा फेला परेको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए । निरीक्षक थपलियाले पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने बताए ।
फौजदारी संहिताको २०७४ को परिच्छेद २७ अनुसार कारबाही हुने प्रावधान छ । उक्त परिच्छेदमा गाई–गोरू मार्न वा कुट्न नहुने व्यवस्था गरेको छ । यदी कसैले गाई–गोरू मार्ने गरेमा वा कुनै नियतले चोट पु¥याउने काम गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र अंगभंग पारेमा ६ महिनासम्म कैदको व्यवस्था छ । गाई–गोरुलाई चोट पु¥याएमा.५० हजारसम्म जरिवाना र हत्या गरेमा कैद सजाय र जरिवाना दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
कानूनले गौ हत्या वर्जित गरिरहँदा पनि बाँकेमा निर्धक्क गाई–गोरु काटेर खाने गरेकाछन् । अझ यहाँबाट काटिएका गाई–गोरुको मासु पोखरा, काठमाण्डौ लगायतका विभिन्न होटलहरुमा समेत विक्रि गरिदै आएको यसअघिको प्रहरी अनुसन्धानबाट तथ्य बाहिरको थियो ।
प्रहरीसंग बाँकेमा गौ हत्या गर्ने र त्यसको मासु खाने स्थान र व्यक्तिहरुको सही सूचना भएता पनि कानूनको प्रभावकारी कार्यान्वय नहुँदा यस्ता घटना बेलाबखत बाहिरिने गरिरहेकोछ । गौ हत्याको सूचना सार्वजनिक भएसगैं यतिवेला सामाजिक सञ्जालमा प्रशासनको आलोचना बढ्नुका साथै गौहत्यामा संलग्न ब्यक्तिहरुलाई कारबाही सर्वस्व सहित जन्म कैद हुनुपर्ने माग समेत उठेकोछ ।
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी
हजारौं विदेशी पैसासहित वायु सेवा निगमका कर्मचारी पक्राउ