नेपालगन्ज : ग्यारेजमा राखिएको गाडी मर्मत गर्ने क्रममा करेन्ट लागेर नेपालगन्जमा एक जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर कोहलपुर–१२ का ३५ वर्षीय ललित श्रेष्ठको मृत्यु भएको हो ।
ना ६ ख ५३६४ नम्बरको गाडीको चक्का निकालेर मर्मत गर्ने क्रममा नजिकै रहेको विजुलीको नाङ्गो तारमा छोइँदा श्रेष्ठलाई
करेन्ट लागेको प्रहरीले बताएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कमा रहेको राजु ग्यारेजमा बसमा वेल्डिङ्ग गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।
उनका अनुसार राजु सुनार पट्टावालाले सञ्चालन गरेको सो ग्यारेजमा वेल्डिङ्ग गर्दै गर्दा सोही बसका सहचलक श्रेष्ठको बिहीबार विहान साढे ११ बजे गम्भीर घाईते भएका थिए ।
उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा पुराए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङ्गजा घर भई हाल कोहलपुर –१२ चपरगौढी श्रेष्ठ बस्दै आएका थिए । प्रहरीले अनुसंघानको लागि एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी
हजारौं विदेशी पैसासहित वायु सेवा निगमका कर्मचारी पक्राउ