नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका विपी चोक नजिक एक युवामाथि सांघातिक आक्रमण भएकोछ ।
विपी चोक स्थित प्रहरी विट छेउमा खुलेको रेष्टूरेन्टमा अज्ञात समूहले आक्रमण गर्दा एकजना घाइते भएकाछन् ।
इमरान इराकीले खोलेको पसलमा भएको आक्रमणबाट नेपालगन्ज निवासी २१ वर्षिय यासिर फिरोज जरगढ घाईते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए ।
प्रहरी उपरीक्षक ओलीका अनुसार घाईतेको अवस्था सामान्य रहेको र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ । घटना घटे लगत्तै प्रहरीले शंका लागेका दुईजना युवालाई नियन्त्रणमा लिएकोछ । भने रेष्टूँरेण्ट सञ्चालक इमरान इराकीलाई समेत नियन्त्रणमा लिइ घटनाका बारेमा अनुसन्धान भइरहेको बताए ।
सेतोखरीसंग कुरा गर्दै बाँके प्रहरी प्रमुख ओलीले भने कसले किन कति कारणले आक्रमण गरेको हो ? कोको थिए ? तरबार वा खुकुरी कुन हतियारले प्रहार भएको हो वा होइन अझै पत्ता नलागेकोले सवै अनुसन्धानबाट खुल्छ ।
उनले भने –‘घटना स्थलमा प्रहरी परिचालन गरेकाछौं । दोषीको पहिचान गरि खोजी कार्य जारी राखेकाछौं । चाडबाडका बेला गुण्डागर्दी गरि जिल्लाको शान्ति सुरक्षा विथोल्ने जो सुकैलाई कडा कारबाही हुन्छ ।’
घटना लगत्तै ठूलो मात्रामा युवाहरु यतिखेर जिल्ला प्रहरी कार्यालय बाँके पुगेकाछन् ।
चाडबाडलाई लक्षित गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्न सुरक्षा सर्तकता अपनाएको जिल्ला प्रहरी कार्यालय बाँकेको समाचार प्रकाशन भएकै दिन युवामाथि आक्रमण भएको हो । थप विवरण आउन बाँकी...
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी
हजारौं विदेशी पैसासहित वायु सेवा निगमका कर्मचारी पक्राउ