नेपालगन्ज: नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले बाँकेका आठ जना नेतासँग स्पष्टिकरण माग गरेको छ ।
बाँकेबाट पर्न आएका उजुरीको आधारमा अनुशासन समितिले स्थानीय तथा संघ एवं प्रदेश निर्वाचनमा पार्टीलाई असहयोग गर्ने नेतालाई स्पष्टिकरण सोधिएको हो । बाँकेमा अनुमानित ३० देखि ३२ जनाले स्पष्टिकरणको पत्र बुझेको काँग्रेस बाँके सचिव तप्त पौडेल बताउँछन् ।
बाँकेमा पार्टी सभापति किरण कोइराला देखि पूर्वजिल्ला सभापति महेन्द्र मल्लसँगै सचिव तप्त पौडेल लगाएतका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी एवं जिल्लास्तरका नेतृत्वकर्तासँग स्पष्टिकरण सोधिएको छ । स्पष्टिकरणका लागि यी सबे नेताले केन्द्रबाट आएको स्पष्टिकरणको पत्र बुझिसकेका छन् ।
बाँके क्षेत्र नं. १ मा तत्कालित स्थानीय निर्वाचन र संघ तथा प्रदेश निर्वाचनमा पार्टीका आधिकारीक उमेद्वारहरुलाई असहयोग गरी अन्र्तघात गर्ने नेताहरुलाई उजुरीको आधारमा स्पष्टिकरण माग गरिएको हो ।
काँग्रेस बाँके क्षेत्र नं. १ नेता नारायण गौडेल, युवराज पौडेल, पूर्ण आचार्य, विरेन्द्र शाह, नम बहादुर आले लगाएतका धेरै नेता कार्यकतालाई केन्द्रिय अनुशासन समितिले पत्र काटेको काँग्रेट निकट स्रोत बताउँछ ।
केन्द्रीय अनुशासन समितिले स्पष्टिकरण सोधेको विषय नितान्त पार्टीको आन्तरिक मामला भएकाले केही बोल्न नमिल्ने काँग्रेस बाँके सचिव तप्त पौडेल बताउँछन् । उनले भने ‘स्पष्टिकरणको पत्र आएको साँचो हो ।’
काँग्रेस पार्टीभित्र चरम गुटबन्दी र अनुशासनहिनताको अवस्था बढ्दै गएपछि कांग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन भएको थियो ।