नेपालगन्ज: बाँकेको खजुरा गाउँपालिका वडा नम्वर ३ मा आईतबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
प्रदेश–३–२–००–११८५ नम्बरको मोटरसाइकल सडकको छेउमा रहेको बिद्युतको पोलमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी खजुरा गाउँपालिका वडा नम्बर–४ का २४ वर्षिय कमल थापाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले जानकारी दिए ।
मृतक थापा उक्त मोटरसाइकलको पछाडी बसेका थिए । मोटरसाइकल चालक खजुरा गाउँपालिका वडा नम्बर–४ का २३ बर्षिय आशिष थापा घाईते भएको र उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भएको एसपी ओलीले बताए ।
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी
हजारौं विदेशी पैसासहित वायु सेवा निगमका कर्मचारी पक्राउ