शाहीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग


शाहीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

नेपालगन्ज:भ्रष्टाचारका विरुद्ध आवाज उठाईरहेका ‘नेपालका लागि नेपाली अभियानका’ अभियन्ता ज्ञानेन्द्र शाही लगायत अन्य अभियन्ताहरुमाथि भएको आक्रमणको ठकुरी सहयोग सञ्जालले गम्भीर खेद प्रकट गरेकोछ ।

चितवनको भरतपुर नगरपालिका चौबीस कोटीमा गत शनिबार नेकपा निकट कार्यकर्ताले शाहीमाथि आक्रमण गरेका थिए ।
घटनाको विरोध जनाउदै सञ्जालले आपत्ती प्रकट गरेको हो ।

ठकुरी सहयोग सञ्जाल प्रदेश नम्बर ५ का संजक संयोगजङ्ग शाहद्वारा जारी विज्ञप्तीमा घटनाको विरोध जनाउदै दोषीउपर कडा कारबाहीको माग गरिएको छ ।

शाहद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘देशमा जातीय सद्भाव कायम गर्दै राष्ट्रिय एकताको जग मजबुत गरि कानूनी शासन स्थापित गर्नुपर्ने बेला भ्रष्टाचार जस्तो जघन्य अपराधको विरुद्ध शान्तिपूर्वक गरेको विरोध कार्यमा गरिएको आक्रमण निन्दनिय छ यो अपराध हो ।’

Kanti Aarogya Hospital Nepalgunj

विज्ञप्तीमा भनिएको छ –‘संविधानले समेत नागरिकको मौलिक हक अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको हो । यस्तो अवस्थामा राज्यले गम्भीर कदम नचाले संस्था चुप लागेर नबस्ने र आवश्वक परे कुनैपनि विचारबादी विरुद्ध कडा कदम चाल्ने चेतावनी समेत दिइएकोछ ।

शाहद्वारा जारी विज्ञप्तीमा सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउदै शाहले देश तथा विदेशका शाखाहरुमा शाहीमाथि भएको घृणित कार्यको विरोध गर्न समेत अपील गरेकोछ ।

ज्ञानेन्द्र शाहीमाथि भएको हमला नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएकाले उनीमाथि आक्रमण गर्ने संस्थागत समूह तथा ब्यक्ति विशेष जोकोहीलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरिएकोछ ।

यसैबीच, ठकुरी सहयोग सञ्जाल प्रदेश नम्बर पाँचका संयोजक संयोगजङ्ग शाहले सेतोखरीसंग कुरा गर्दै भने–‘राजनितिक पार्टिका आडमा गुण्डागर्दी बढ्दै गइरहेकोछ । यस्तो अवस्थामा पनि प्रहरी प्रशासन मौन हुनुले अपराधिक घटनाले प्रसय पाइरहेको छ ।’

‘वर्तमान सरकार बहुमतको आडमा देशको आन्तरिक वातावरण खलबल पु¥याउने कार्यमा अग्रसर भएकोछ । यस्तो अवस्थामा सचेत आम नागरिक चुप लागेर बस्दैन’ शाहले भने–‘शाहीको शिघ्र स्वास्थ्यको हामी कामना गर्दछौं, समयमै त्यस्ता अराजक तत्व सच्चिनुपर्छ नत्र त्यसको परिणाम जे पनि हुनसक्छ ।’