नेपालगन्ज: बाँकेस्थित नेपालगन्ज कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिले कारागारबाटै मोटो रकम असुली धन्दा चलाएका छन् ।
कारगारमा जेल सजाय भोगिरहेका धनबहादुर सुनारले नेपालगन्जका केही व्यवसायीलाई धम्काउँदै मोटो रकम असुलीको धन्दा चलाईरहेको खुलेको छ ।
सुनारले यहाँका अधिकांश ट्राभल एजेन्सीबाट अनाधिकृत रकम असुल्दै आएको तथ्य फेला पारेको बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् । बाँके प्रहरीले सुनारलाई रकम असुलीमा सहयोग गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । यहाँ ट्राभल्स व्यवसायीले पनि सुनारले मागेअनुसारको रकम दिदैं आएको बुझिएको छ ।
अपहरण तथा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका धनबहादुर सुनारले कारागारभित्रैबाट धम्काई रकम असुल्न नेपालगन्ज–२ मा बस्दै आएका उनका २४ वर्षीय भतिजा युवराज सुनारलाई प्रयोग गरेको एसपी ओली बताउँछन् । प्रहरीले युवराजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
प्रहरी उपरीक्षक ओलीले सिम्ताली टुर्स एण्ड ट्राभल्स, पञ्चकोसी टुर्स एण्ड ट्राभल्स, देउती टुर्स एण्ड ट्राभल्स र नेपालगन्ज टुर्स एण्ड ट्राभल्सबाट सुनारले प्रति सवारीसाधन चार हजार आठ सयसम्म असुल्दै आएका थिए ।
सुनारको निर्देशनमा भतिजा युवराज सुनारले अढाई वर्षदेखि यसरी रकम असुली गर्दै आएका थिए । एसपी ओलीले भने –‘उनीहरूले अहिलेसम्म ‘१८–१९ लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’
सुनार २०७१ वैशाख १२ गते सुधीरसिंह ठकुरीमाथि कुटपिट गरेको, १२ पुसमा नेपालगन्जमा एक व्यक्तिलाई फोनमा ५ लाख फिरौती मागेका, र ३ पुस २०७४ मा नेपालगन्ज–१ का विशाल सुनारलाई खुडा प्रहार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति भएको प्रहरी बताउँछ ।
नेपालगन्ज कारागारका जेलर भरत पाण्डेले उक्त घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
सुनारले धम्काएको भरमा अढाई वर्षदेखि खुरूखुरू रकम बुझाउँने यहाँका टुर एण्ड ट्रार्भल्स एजेन्सीलाई पनि कानूनी दायरमा ल्याउनुपर्ने नागरिक अगुवाहरू बताउँछन् । चन्दा लिने मात्र होईन दिने पनि दोषी हो यसकारण उनीहरूमाथि पनि अनुसन्धान र कारबाही हुन जरूरी देखिएको नागरिक अगुवाहरूको भनाई छ ।
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी
हजारौं विदेशी पैसासहित वायु सेवा निगमका कर्मचारी पक्राउ