काँग्रेस नेता रिजालमाथिको आक्रमणको जिपी फाउण्डेशन अष्टेलियाद्वारा भत्सर्ना


काँग्रेस नेता रिजालमाथिको आक्रमणको जिपी फाउण्डेशन अष्टेलियाद्वारा भत्सर्ना

नेपालगन्ज: नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालमाथि भएको आक्रमणको जिपी कोइराला फाउण्डेशन अष्टेलियाले घोर भत्सर्ना गरेको छ ।

फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष निल थपलियाले एक विज्ञप्ती प्रकाशित गरी पूर्व मन्त्री एंव प्रतिनीधिसभा सदस्य रिजालमाथि नेकपाका कार्यकर्ताले गरेको आक्रमणको भत्सर्ना गरेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

तनहुको रिसिंग गाउँपालिका भवन उद्घाटनमा पुगेका काँग्रेस नेता रिजालमाथि नेकपाका कार्यकर्ताले गत आईतबार अवरोध पुर्याउँदै आक्रमण गरेका थिए । फाउण्डेशन अष्टेलियाका अध्यक्ष थपलियाले नेकपाका कार्यकर्ताले सत्ताको दुरुपयोग गर्दै अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको बताएका छन् ।

‘गाउँपालिका भवन उद्घाटनमा जान लाग्नु भएका नेता रिजालमाथि नेकपाका कार्यकर्ताले जुन आक्रमण गरेका छन् यो सत्ताको दुरुपयोग र मान्छेको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार हो ।’ अध्यक्ष थपलियाले लेखेका छन् –‘कानुनी राज्यको धजिया उडाउदै भएको यो आक्रमणको भत्सर्ना गर्दछु ।’