कोहलपुर (बाँके): कोहलपुर स्थित ईलाका प्रहरी कार्यालयले कोहलपुर नगरपालिका वडा नम्बर १२, स्थित चप्परगौंडीबाट ८ जना जुवाडे पक्राउ गरेको छ ।
उनीहरुलाई कोहलपुरको हिलपार्क होटलबाट १ लाख बाईस हजार २ सय ५३ नगद रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रक्राउ पर्नेमा अनिल भगत, टंकप्रसाद पन्थी, विजय पोखरेल, सुजन श्रेष्ठ, सुनिल खनाल, दिपक पौडेल, पशुपति घिमिरे र केशव तिवारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सवै जनामाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए ।
चाडबाडसंगै हुने जुवातास खेल निस्तेज पार्न प्रहरीले अभियान समेत चलाएको छ । सोही अभियान अन्र्तगत ईलाका प्रहरी कार्यालय कोहलपुरले उनीहरुलाई जुवा खालबाटै आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । मङ्गलबार मात्र प्रहरीले दिएको जानकारी अनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरले हिजो (सोमबार) राती उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
दशैंतिहारमा ठुला जुवाडेहरु बढि सक्रिय हुने भएकाले त्यस विरुद्ध अभियान चलाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेमबहादुर शाही बताउँछन् ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?