सल्यानमा डरलाग्दो बन्दै बालविवाह: हप्तैपिच्छे पक्राउ


सल्यानमा डरलाग्दो बन्दै बालविवाह: हप्तैपिच्छे पक्राउ

सल्यान: सल्यानमा पछिल्लो समय बालविवाह गरेको आरोपमा प्रहरीले प्रत्येक हप्ता पक्राउ गरेको घटना सार्वजनिक भएका छन् । गएको हप्ता असोज १७ गते बालविवाह गरेको अभियोगमा सिद्ध कुमाख गाउँपालिका–४ बाट दुलहा र दुलही सहित ७ जना पक्राउ परेका थिए । उनीहरुको पनि अहिले जिल्ला अदालत सल्यानमा मुद्दा प्रकृयामै छ ।

त्यसैगरी शारदा नगरपालिका–४, पिपलनेटाबाट गत असारमा १८ वर्षीया दुलही र १७ वर्षीय दुलहा सहित ४ जना पक्राउ परे । जिल्ला अदालत सल्यानले भदौ १८ गते बेहुली, बेहुलाकी आमा र ब्राह्मणलाई जनही दुई महिना कैद र दुइ हजार रुपैयाँ जरिवानाको फैसला सुनायो । बेहुलालाई भने उमेर नपुगेको नाबालक रहेको भन्दै अदालतले सफाई दियो ।

यद्यपी एक हप्ता हिरासतमा बसेपछि सबै जना धरौटीमा छुटेको र दुइ महिना कैद अन्तरगत प्रति दिन तीन सयका दरले कट्टीहुने गरि ५३ हजार सात सय बुझाएपछि उनीहरु कागारमा बस्नु परेन् ।

त्यस्तै बालविवाह गरेको आरोपमा शारदा नगरपालिका–६, मदमकाँडाबाट प्रहरीले तीनजनालाई पक्राउ गर्यो । फागुन २९ गते बालविवाह गर्न लाग्दा खैरावाङ मन्दिर परिसरबाट प्रहरीले शारदा नगरपालिका २ मेलघारीका तीन जनालाई पनि पक्राउ गर्याे । उनीहरुको मुद्दालाई जिल्ला अदालत सल्यानले फैसला गरिसकेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यी बाहेक बालविवाह गरेको आरोपमा सल्यान प्रहरीले अन्य व्यक्तीहरु पक्राउ गरेको छ । कोहि बिवाहको तयारीमा रहेका रोकिएका छन् भने कोहि पक्राउ परेर जेल बस्नु परेको छ ।

यसरी बालविवाहको अभियोगमा सल्यानमा पटकपटक पक्राउ परेका घटनाहरु सार्वजनिक भइरहदाँ जिल्लामा क्रियाशिल बालबालिकाको क्षेत्रमा क्रियाशिल सरोकारवाला निकायको भूमिका माथि प्रश्न उठेको छ ।

जिल्लामा अधिकांश बालविवाहका घटनामा पक्राउ नपरे पनि कानून तथा प्रशासनको आँखा छलेर बालविवाह हुने गरेकोछ ।

जिल्ला अस्पताल सल्यानको तथ्याङक हेर्ने हो भने गएको १ वर्षमा साढे ४ सय बालिकाले बच्चा जन्माएका छन् । यी सबै बालविवाह हुन ।

नेपालको कानूनले २० वर्ष मूनि विवाह गर्न बन्देज लगाएकोछ । यस्तो गरेमा कानूनले सजाय दिने र २० वर्ष मूनिको विवाहलाई कानूनी मान्यता नदिने व्यवस्था हुदा हुदै जिल्लामा क्रियाशिल विभिन्न संघसस्था तथा सरोकारवालाहरुको कमजोरीले बालविवाहको घटना भयावह बन्दै गएको छ ।