किन हटाइए सशस्त्रका बाहिनी, गण र गुल्मका ‘हिन्दु’ नाम ? यस्तो छ रहस्य


किन हटाइए सशस्त्रका बाहिनी, गण र गुल्मका ‘हिन्दु’ नाम ? यस्तो छ रहस्य

यो निर्णयको विरोध हुने त्रास भएपछि निर्णय गुपचुप राखिएको थियो । नेपालमा इसाई धर्मका प्रचारको इच्छाका आधारमा त्यसरी नाम परिवर्तन भएको दाबी गरिएको छ । सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले मन्त्रिपरिषद्को निर्णयअनुसारै माथाहातका सबै निकायको नाम परिवर्तन भएको पत्र पठाइसकेका छन् ।


७७ जिल्लामा नै सशस्त्र प्रहरीको पहुँच राख्ने बाहनामा राजमार्गका गण हटाएका खनालले गृहमन्त्री रामबहादुर थापाको प्रस्तावअनुसारै निकायका नाम पनि परिवर्तन गरेका हुन् । सशस्त्रका बराह बाहिनीको नाम १ नम्बर, रुद्र बाहिनी २, मुक्तिनाथ बाहिनी ३, वैद्यनाथ बाहिनी ३, महेश्वरी बाहिनीलाई ४ नम्बर राखिएको छ । ‘अहिले सशस्त्रले कुनै आधिकारिक पत्र पठाउँदा बाहिनीका नाममा नभई नम्बरका आधारमा नै पठाउने गरेको छ,’ उच्च स्रोतले भन्यो, ‘यसरी गणहरू र गुल्मका पनि नम्बर राखिएका छन् । नाम हटाइएका छन् ।’


पाथीभरा गण झापा, दन्तकाली सिरहा, सिद्धकाली सुनसरी, छिन्नमस्ता बर्दिबास, भद्रकाली बारा, गढीमाई चितवन, गुह्येश्वरी काठमाडौं, नीलबाराही काठमाडौं, भद्रकाली काठमाडौं, बगलामुखी काठमाडौं, विन्ध्यवासिनी चन्द्रौटा, कालिका पोखरा, चण्डिका पर्वत, मनकामना तनहुँ, बागेश्वरी बाँके, ज्वालामाई दाङ, त्रिपुरासुन्दरी कोहलपुर, बडिमालिका कैलाली र शैलेश्वरी कञ्चनपुरमा रहेका गणको पनि नाम परिवर्तन गरिएको छ ।


ताप्लेजुङ, छिन्ताङ, कञ्चनजङ्गालगायतका ऐतिहासिक स्थलका नामहरू रहेका विभिन्न जिल्लाका १६ वटा गुल्महरूको नाम परिवर्तन भएको छ । १ साउनबाटै यो निर्णय लागु गराइसकिएको छ । एमालेसँग एकतापूर्व नै गृह मन्त्रालयको जिम्मा पाएको तत्कालिन माओवादीको प्रस्तावमा नाम परिवर्तन गरिएको थियो । ‘युरोपियन र क्रिश्चियनहरूको प्रभावमा परी यसरी निर्णय गरिएको हो । यो हेर्दा सामान्य लागे पनि सुसुप्त प्रहार हो,’ उच्च स्रोतले भन्यो ।

Kanti Aarogya Hospital Nepalgunj


०५७ सालमा स्थापित सशस्त्र प्रहरी तत्कालिन माओवादी युद्धको प्रतिरोधका लागि तयार थियो । माओवादीले संस्थापक महानिरिक्षक कृष्णमोहन श्रेष्ठ र उनकी पत्नी नुडुप श्रेष्ठको हत्या गरेको थियो । यसरी हिन्दुत्व नामेट बनाउनका लागि सुरक्षा निकायमा भएको प्रहारको राप्रपा अध्यक्ष कमल थापाले बिरोध गरेका छन् । उनले भनेका छन्, ‘सशस्त्र प्रहरी गण र गुल्मका नाम परिवर्तन गर्ने निर्णय संकिर्ण मानसिकताको उपज हो । हिन्दुत्वविरुद्धको थप श्रृंखला हो । निर्णय फिर्ता लिऊ ।’