नेपालगन्ज: नेपालगन्ज सुर्खेत रोड विपी चोक नजिक फर्निचर गोदाममा आगलागी भएकोछ ।
बिहीबार बेलुका लागेको आगलागि अझै नियन्त्रणमा आइसकेको छैन । सुर्खेतरोड गुरुद्वारा अगाडी रहेका फर्निचर पसल तथा सगै रहेका गोदाममा आगलागी भएको हो ।
स्थानीय, प्रहरी तथा दमकलको सहायताले आगलागि नियन्त्रण जारी भएकोछ ।
आगो नियन्त्रण भन्दा बाहिर रहेकाले अझै नियन्त्रणमा आइनसकेको बुझिएकोछ । विपी चोक स्थित स्थानीयका अनुसार बिहीबार बेलुका पौने ६ बजे आगलागी भएको बुझिएकोछ ।
आगलागी भएको स्थानमा एक दर्जन फर्निचर पसल र तयारी अवस्थामा राखिएका तथा प्रयोगमा नआएका काठ, फर्निचर जलेका छन् ।
सो स्थानमा केही महिना पहिले पनि आगलागि भएको थियो । सो बेला भएको आगलागिका कारण करोड बढि क्षती भएको फर्निचर सञ्चालकले बताएका थिए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?