नेपालगन्जको दुई पसलमा भिषण आगलागि


नेपालगन्जको दुई पसलमा भिषण आगलागि

विपि चोक स्थित दुई पसलमा भएको आगलागि । तस्विर/ विजय मल्ल /सेतोखरी

नेपालगन्ज: नेपालगन्जको विपी चोकस्थित दुई पसलमा भिषण आगलागी भएको छ ।

गुरुद्वारा रोड नजिकको सिरक, डसना र फर्निचर उद्योगमा आगलागी भएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

विपी चोक स्थित जिभिएन कलेज छेउमा रहेको सिरक र फर्निचर पसलमा आगलागि भएको हो । सो पसलमा बिहीबार बेलुका करिब पौने ६ बजे आगलागि भएको थियो ।

आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै नेपालगन्ज र कोहलपुरबाट समेत दमकल ल्याइएको थियो । करिब एक घण्टाको अवधिपछिको अथक प्रयासपछि उक्त आगो नियन्त्रणमा आएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

आगलागिका कारण जनता सिरक र हिमालय फर्निचर पसलमा ठूलो क्षती पुगेको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक बस्नेत बताउँछन् । पसलमा के कति कारणले आगलागी भएको हो भन्ने यकिन कुरा घटनाको विस्तृत अध्ययनपछि मात्र पत्ता लाग्ने प्रहरीले बताएकोछ । भने छेउमै रहेको फलफुल गोदाममा आगो लाग्नबाट बचाइएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

यो समाचार तयार पार्दा सम्म आगलागिबाट भएको यकिन क्षति विवरण आउन सकेको छैन यद्यपी आगलागी भएका दुई पसल हिमालय फर्निचर र जनता सिरक पसलका मालिक आफ्नो सम्र्पकमा आएको र क्षतिको विवरण लिइरहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बस्नेतले बताए ।

यसअघि पनि सो स्थान नजिक सुर्खेतरोड गुरुद्वारा अगाडी रहेका फर्निचर पसलमा आगलागि भएको थियो । केही महिना अघि विहानको समयमा भएको भिषण आगलागीका कारण लाखौं मूल्यको तयारी फर्निचर जलेर नष्ट भएका थिए ।