File Photo
दाङ्ग : दाङको बबई गाउँपालिका ७ मा अज्ञात रोगका कारण ६० भन्दा बढी बाख्रा मरेका छन् । अज्ञात रोगका कारण बाख्रा धमाधाम मर्न थालेपछि किसानहरू चिन्तित भएका छन् ।
केही दिन अघिदेखि बाख्रा मरेका भए पनि किसानले भने गाउँपालिकामा खबर गरेका थिएनन् । अज्ञात रोगका कारण बाख्रा मरेको भन्ने खबर पाएलगत्तै बबई गाउँपालिकाको प्राविधिक टोलीले औषधि उपचार र नमुना संकलनको कार्य शुरु गाउँपालिकाले जनाएको छ ।
बबई गाउँपालिका र जिल्ला भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त टोलीले त्यस क्षेत्रमा पुगी रोगको उपचार तथा नमुना परीक्षण गर्ने कार्य गरेको छ ।
बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल, उपाध्यक्ष सावित्रा विश्वकर्मासहितको टोलीले वडा नम्बर ७ को सिमलकुना र ढोलपुरमारोगको उपचार तथा नमुना परीक्षण गर्ने कार्य गरेको हो ।
त्यस क्षेत्रमा करिब ४ हजारभन्दा बढी बाख्रा रोगबाट प्रभावित भएका छन । प्रभावित बाख्राको उपचार भइरहेको हुँदा त्यस क्षेत्रका बाख्रालाई किनबेच गरी स्थानान्तरण र अन्य क्षेत्रका बाख्रालाई त्यस क्षेत्रमा नलैजान बबई गाउँपालिका पशु शाखाले अनुरोध गरेको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?