कार्तिक: नेपालगन्ज–कोहलपुर सडकखण्डको धम्बोझी चोक स्थित सडक रेलिङ काटिएकोछ । धम्बोझी चोक स्थित सडक छेउमा रहेका ६ वटा रेलिङ काटिएको पाइएको हो । धम्बोझी चोक स्थित बागेश्वरी इलेक्ट्रो प्लाजाको सामुन्ने रहेका सडक पेटीसगैं निमार्ण गरिएका ६ वटा रेलिङ काटिएको हो ।
फोरलेन सडकको फुटपाथमा निर्माण गरिएका रेलिङ काटिदा सम्म प्रहरी बेखबर बनेकोछ । ब्यस्त बजार, मानिसहरुको चहलपहल उक्त क्षेत्रमा रहेका रेलिङ काटिदाँ सम्म कसैले सुइको पाएनन । अझ प्रहरीलाई रेलिङ कस्ले र किन काट्यो भन्ने बारेमा अहिलेसम्म यकिन भएको छैन । तर, स्थानीयको भनाई अनुसार व्यापारीले काटेको हुन सक्ने आरोप लगाएका छन् ।
यसबारे बागेश्वरी इलेक्ट्रो प्लाजाका सञ्चालक विष्णु अर्यालसंग बुझ्दा उनले आफूले रेलिङ नकाटेको र यसबारेमा बुधबार विहान मात्रै जानकारी पाएको बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी बीर बहादुर ओली घटनाबारे बुझेर दोषीलाई कारबाहीको दायरामा ल्याउने बताएकाछन् । अचम्मको कुरा के भने रेलिङ काटिएको ठाँउ भन्दा करीव ३० मिटरको दुरीमा प्रहरी विट छ । प्रहरी विट नजिक ६ वटा रेलिङ एकैपटक काटिँदा पनि जानकारी नपाउनुले प्रहरीको मिलेमतो हुनसक्ने स्थानीयको आशंका ब्यक्त गरे ।
केहि समय अघि कोहलपुर नगरपालिकामा पनि उद्योग वाणिज्य संघले रेलिङ काटेपछि चौतर्फी विरोध भएको थियो । विरोध भएपछि रेलिङ पुनःनिर्माण गर्न लगाइएको थियो ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?