बागेश्वरी इलेक्ट्रो प्लाजाका सञ्चालकले रेलिङ् काटेको स्थानीयको आरोप
नेपालगन्ज: नेपालगन्जको धम्बोझीमा पनि रेलिङ काटिएका छन् । रेलिङ् काटिएको ठाँउ भन्दा करीव ३० मिटरको दुरीमा प्रहरी विट छ । प्रहरी विट नजिक ६ वटा रेलिङ एकैपटक काटिँदा पनि प्रहरी बेखबर झै बनेको छ ।
प्रहरीले बिहीबार साँझसम्म पनि रेलिङ् काट्ने काममा संलग्नको खोजी गरी पक्राउ गर्ने बारे चासो देखाएको छैन् । उक्त रेलिङ प्रहरीकै मिलेमतोमा त्यहाँ नजिकै व्यवसाय सञ्चालन गरेका बागेश्वरी इलेक्ट्रो प्लाजाका सञ्चालले काटेको स्थानीय बताउँछन् ।
नेपालगन्ज–कोहलपुर सडकखण्डको धम्बोझीचोक स्थित सडक रेलिङ काटिएकोछ । धम्बोझी चोक स्थित बागेश्वरी इलेक्ट्रो प्लाजाको सामुन्ने रहेका सडक पेटीसगैं निमार्ण गरिएका ६ वटा रेलिङ काटिएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार सेवाग्राही आवतजावतका लागि असहज भएको भन्दै उक्त प्लाजाका सञ्चालकले ती रेलिङ् रातारात काट्न लगाएका हुन् ।
तर, बाँके प्रहरी ती व्यवसायीलार्य पक्राउ गरी कानूनी दायरामा ल्याउने पक्षमा देखिदैन् । राजनीतिक तथा व्यवसायी आडमा एकदमै आफूलाई शक्तिशाली सम्झने विष्णु अर्याल र बाँके प्रहरीबीच गतिलै सेटिङ भैसकेको आशंका गरिएको छ ।
फोरलेन सडकको फुटपाथमा निर्माण गरिएका रेलिङ काटिदाँ सम्म प्रहरी बेखबर बनेकोछ । प्रहरीलाई रेलिङ कस्ले र किन काट्यो भन्ने बारेमा अहिलेसम्म यकिन भएको छैन । तर, स्थानीयको भनाई अनुसार व्यापारीले काटेको खुलेको छ । प्रहरी कारवाहीमा उदासिन छ ।
एशियाली विकास बैंक (एडिबी) को लगानीमा निर्माण भएको कोहलपुर–जमुनाह फोरलेन सडक अन्र्तगत नेपालगन्ज बजार क्षेत्रमा लाखौ लगानीमा सडकको किनारमा रेलिङ निर्माण गरिएको हो । यो रेलिङ काट्ने अधिकार एडिवी, नेपालगन्ज उपमहानगरपालिका र सडक बाहेक यहाँका व्यवसायीलाई छैन एक स्थानीयले भने ‘अर्यालयको व्यवसायमा सेवाग्राही जानैका लागि रेलिङ काटिनु अपराध हो ।’ यदि आफ्नो व्यवसायका लागि यसरी रेलिङ काटिएको भए जोकोहीलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने उनी बताउँछन् । नेपालगन्जको कारकाँदोदेखि गणेशमान चोकसम्म अहिले पनि रेलिङ देख्न सकिन्छ ।
रेलिङ निर्माणले पैदल यात्री र सवारी चालकलाई जहाँ पायो त्यहिबाट बाटो क्रश गर्ने लगायतका काममा सचेत बनाउनुका साथै दुर्घटनालाई समेत न्यूनिकरण गरेको छ । तर, पछिल्लो समय आफनो राजनीतिक शक्तिको आड र दादागीरीमा बाँकेका सडकमा भएका रेलिङ जबरजस्ती काटिदै गएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी बीरबहादुर ओली घटनाबारे बुझेर दोषीलाई कारबाहीको दायरामा ल्याउने बताएका थिए । तर, उनले बिहीबारसम्म पनि रेलिङ काट्ने व्यक्ति तथा रेलिङ् काटिएको छेउ किनारका ती हवका सञ्चालालाई पक्राउ गर्न चासो देखाएका छैनन् । यसले पनि बाँके प्रहरी र हवका सञ्चालक अर्यालबीच मोटै र गतीलै सेटिङ भएको पुष्टि गरेको धम्बोझीका अन्य व्यवसायी बताउँछन् ।
यसबारे बागेश्वरी इलेक्ट्रो प्लाजाका सञ्चालक विष्णु अर्यालसंग बुझ्दा उनले आफूले रेलिङ नकाटेको र यसबारेमा बुधबार विहान मात्रै जानकारी पाएको बताए ।
केहि समय अघि कोहलपुर नगरपालिकामा पनि उद्योग वाणिज्य संघले रेलिङ काटेपछि चौतर्फी विरोध भएको थियो । विरोध भएपछि रेलिङ पुनःनिर्माण गर्न लगाइएको थियो ।
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले यसरी रेलिङ काट्न नहुने बताएका छन् । उनकाअनुसार सडकमा लगाइएको रेलिङ आप्mनो मनपरीमा कसैले पनि काट्न पाउँदैन । उनले भने ‘धम्बोझीमा यसरी रेलिङ नै व्यवसायीले कोटेको भए उक्त काममा संलग्न कुनैपनि व्यवसायीलाई तत्काल कानूनी कारवाहीकमा ल्याउनुपर्छ ।’
दोषी पक्ता लादा लाग्दै दोषीमाथि कारवाही तथा छानबीन हुँदैन भने यसमा प्रहरी तथा राजनीतिक दलको मिलेमतो हुन सक्ने अध्यक्ष बैश्यको आशंका छ । उनी भन्छन् ‘जसरी, जसले काटेपनि नामै किटानी भइसकेपछि प्रहरीले उनीमाथि कारवाहीका लागि प्रक्रिया अघि बढाउँनुपर्छ ।’ नेपालगन्जको धम्बोझीमै यसरी रेलिङ् काटिदाँ नेपालगन्ज उपमहानगरपालिका समेत बेखबर देखिएको छ ।
उपमहानगरपालिकाले समेत उक्त रेलिङ् किन, कसरी, कसले काटेको हो भन्ने बारे बिहीबारसाँझसम्म कुनै वास्ता गरेको छैन् । नगर क्षेत्रमा रहेका सरकारी सम्पति तथा संरचनाको संरक्षण गर्ने जिम्मेवारी उपमहनागरपालिकाकै हो । यसबारे उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेललाई बुझ्न खोज्दा उनी सम्पर्कमै आउन चाहेनन् ।