पेस्तोल सहित संदीपजंग शाह पक्राउ


पेस्तोल सहित संदीपजंग शाह पक्राउ

नेपालगन्ज: नेपालगन्ज १३ निवासी संदीप जंग शाह पेस्तोल सहित पक्राउ परेका छन् । शाहलाई विहीबार राती साढे आठ बजे बाँकेको गनापुर स्थित नमेस्ते रिसोर्टबाट प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कोहपलुर बाँकेका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको कमाण्डमा गएको प्रहरी टोलीले विभिन्न सुराकीको आधारमा नमस्ते रिसोर्ट गई शाहलाई हतियार सहित पक्राउ गरेको हो ।

डिएसपी शाहीले अमेरिकामा निर्मित सो पिस्तोल शाहको बा १८ च ४२११ नम्बरको गाडी खानतलासी गर्दा अगाडीको बायाँ साईटको सिटभित्रबाट बरामद गरिएको जानकारी दिए ।

प्रहरीले शाह सहित उनीसगैं रिसोर्ट बसेका अन्य पाँच जनालाई पनि आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको छ । सवैलाई ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

शुक्रबार विहान सेतोखरी पक्राउ परेका शाहलाई भेट्दा उनले आफूलाई फसाइएको र पेस्तोल सिट मुनी कसले राखिदियो थाहा नभएको प्रतिक्रिया दिए ।

उनले पेस्तोलमा लागेको फिन्गर प्रिन्ट पनि जाँचबुझ गर्न आग्रह गरे । प्रहरी नायव उपरीक्षक शाहीले अपराधिक मानसिकताले शाह सहितको समूह टेण्डरका लागि हिडेको जानकारी दिए ।

हतियारसहित पक्राउ परेका संदीप जंग शाह नेपालगन्ज तरुण दल नगर सभापती हुन् । उनीको कारबाट २ थान गोली र एउटा म्यागजिन समेत प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक शाहीले सेतोखरीसंग कुरा गर्दै भने– प्रहरी नियन्त्रणमा रहेका शाहले के कति कारणले हतियार बोकेका हुन्, कहाँबाट कसरी ल्याए अनुसन्धानबाट खुल्नेछ । शाहीले अगाडी थपे –घटनाको विस्तृत अनुसन्धान हुदैछ, शाहमाथि हातहतियार तथा खरखजाना ऐन अन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।