नेपालगन्ज: बाँकेको खजुरागाँउपालिका खजुरा बजार नजिक बस दुर्घटना हुँदा २७ जना घाईते भएकाछन् । नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार नजिकै किरण नालामा यात्रुबहाक माइक्रो बस दुर्घटना भएको हो ।
शुक्रबार बेलुका साढे ४ बजे गुलरियाबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख ११५० नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक सिहंका अनुसार माइक्रोबस सडकबाट चिप्लिएर १० मिटर तल खसेको थियो । दुर्घटना भए लगत्तै स्थानीय र प्रहरीको टोलीले घाईतेहरुको उद्दार गरेको प्रहरीले जनाएको छ ।
माईक्रोबसमा सवार २७ जना दुर्घटनामा घाईते भएको प्रहरी उपरीक्षक सिंहले बताए । उनका अनुसार घाईते मध्ये १८ जना मध्यम र अन्यलाई सामान्य चोटपटक लागेको छ । माइक्रो बस दुर्घटनामा परि बसमा सवार केही बालबालिका समेत घाईते भएकाछन् । घाईते सवैलाई नेपालगन्ज स्थित नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको प्रहरी उपरीक्षक सिहंले बताए ।
माईक्रो बस दुर्घटना भएलगत्तै बसका चालक फरार भएकाले दुर्घटनाको बास्तविकता अझै यकिन गर्न नसकिने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक सिहं बताउँछन् । उनले भने बस चालक पत्ता लागेको छैन, चालक प्रहरीको सम्र्पकमा आएपछि दुर्घटनाको वास्तविकता पत्ता लाग्छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?