आपराधिक घटना रोकथाममा डिएसपीको सक्रियता

नगर सभापति पक्राउ प्रकरण: अनुसन्धानका लागि ७ दिनको म्याद


आपराधिक घटना रोकथाममा डिएसपीको सक्रियता

नेपालगन्ज : हातहतियारसहित पक्राउ परेका काँग्रेस निकट संगठन तरूण दलका नेपालगन्ज नगर सभापति सन्दिपजंग शाह बिरूद्ध सात दिनको म्याद तोकि अनुसन्धान अघि बढाइएको छ ।

नेपालगन्जको नमस्ते रिर्सोटबाट गएको बिहीबार अमेरिकन पेस्तोलसहित पक्राउ परेका नगर सभापति शाही बिरूद्ध कोहलपुर प्रहरीले हातहतियार तथा खरखजाना ऐनअनुसार अदालतमा मुद्दा दायर गरिसकेको कोहलपुरका डिएसपी हेमबहादुर शाहीले बताए ।

उनकाअनुसार सात दिन म्याद थप गरेर शनिबारदेखि सभापति शाहसँग अनुसन्धान भइरहेको छ । उनले हतियार बरामद पनि रितपूर्वक गरिएको बताए । ‘हतियार आफ्नो होईन भन्नेमा त्यति धेरै विश्वास हो भने त्यसको पनि परीक्षण गरौंला’, उनले सेतोखरीसँग शनिबार भने, ‘गाडीबाट हतियार बरामद भएका बेलाका फोटो, भिडियो जस्ता प्रमाण पनि प्रहरीसँग सुरक्षित छन् ।’

आपराधिक मानसिकता बोकेका नगर सभापति पक्राउ परेपछि अहिले बजारमा फैलाइएको हल्ला र अडिओ तथा भिडिओ निराधार भएको र आफूले नाजायज किसिमले कुनै डिल नगरेको दाबी गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

तरूण दलका कोषाध्यक्ष भनिने केशर खड्काले नगर सभापति पक्राउ पछि आफना बिरूद्ध गरेको प्रचारबाजी निराधार भएको डिएसपी शाही बताउँछन् । उनकाअनुसार खड्कापनि कोहलपुर क्षेत्रमा विगत लामो समयदेखि आपराधिक गतिविधीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएकोले उसमाथि पनि प्रहरीले निगरानी बढाएको छ ।

आफूमाथिका आरोप निराधार भएको भन्दै उनले भने, ‘भोलि ल्याब टेस्ट होला । अन्य कुरा होला । म हो÷होइन, सनाखत होला । मेरो बारेमा चरित्र हत्या गर्ने किसिमले आएको छ भने साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता पनि होला ।’

बाँकेको कोहलपुर प्रहरीले पछिल्लो समय आपराधिक गतिविधी न्यूनिकरणका लागि सक्रियता बढाएको छ । कोहलपुरमा रहेको इलाका प्री कार्यालयमा हेमबहादुर शाही डिएसपीका रूपमा आएपछि यस क्षेत्रको शान्ति सुरक्षा मजबुद हुनुका साथै आपराधिक गतिविधीमा कमी आएको छ ।
आपराधिक गतिविधीमा सक्रिय भएका कोहलपुर क्षेत्रका मात्रै नभई नेपालगन्ज र आसपासका केही आपराधिक व्यक्ति लाई पक्राउ गर्दै कारवाहीका लागि कोहलपुर प्रहरीले खोरमा कोचेको छ । कतिपयका नाममा अदालतमा मुद्दा समेत दर्ता भइसकेको कोहलपुर प्रहरी प्रमुख डिएसपी शाही बताउँछन् ।

चालु आर्थिक वर्षको अहिलेसम्म कोहलपुर प्रहरीले कोहलपुर क्षेत्रबाट लाखौं मूल्य बरामदको लागु औषध ब्राउन सुगरसहित दर्जनबढी सेवनकर्ताहरूलाई पक्राउ गरेको छ । सामान्यदेखि ठूला चोरीका घटनामा संलग्न व्यक्तिहरू पनि पक्राउ परेका छन् । यस क्षेत्रमा अहिले जुवातास तथा अबैद्य कारोकारमा कमी आएको डिएसपी शाही बताउँछन् ।

यसक्षेत्रमा यसअघि बलात्कारका घटना बढेको देखिएपनि डिएसपी शाही कोहलपुर आएदेखि यस्ता घटनामा रोकिएको र कथमकदाचिद् कतै यस्ता घटना भए तत्कालै दोषीमाथि कानूनी कारवाही अघि बढाउने गरिएको छ ।

कोहलपुर प्रहरीमा अउाने कतिपय घटना तथा उजुरी प्रहरीले नै मिलाएर पठाउने गरेको छ । यद्यपी प्रहरीमा मिल्न असम्भव भएका अउजुरी प्रहरीले अदालतमा पठाई दोषीमाथि कारवाही र निर्दोषलाई न्याय प्रदानको अभियानमा सहयोग पु¥याएको कोहलपुरका डिएसपी शाही बताउँछन् ।
राजनीतिक आडमा तरूण दलका सभापति र उनका केही आसेपासेले कोहलपुर क्षेत्रलाई आफनो कब्जामा लिन खोजेको भन्दै डिएसपी शाहीले यस्ता गतिविधी नियन्त्रणका लागि सक्रियता बढाएको बताएका छन् ।

यद्यपी ईलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी शाही विवादमा तानिएका छन् । तरूण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही आफैं छानबिनको दायरामा तानिएका हुन् । प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतका अनुसार शाहीमाथि पनि अनुसन्धान थालिएको छ ।