कर्णालीका मन्त्री दल रावलले गरे टिकटमा दलालीः नागरिकलाई सास्ती


कर्णालीका मन्त्री दल रावलले गरे टिकटमा दलालीः नागरिकलाई सास्ती

मन्त्री दल रावलले खरिद गरेको टिकट विवरण ।

नेपालगन्ज: कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले हुम्ला विमान स्थलमा दादागीरी मच्चाउदै हवाईजहाजको टिकटमा दलाली गरेको जनगुनासो आएकोछ ।

उनले आफ्नो मन्त्री पदको पदीय दुरुपयोग गर्दै सिमिकोट विमान स्थलमा दादागीरी शैलीमा दर्जनबढी टिकट खरिदमा दलाली गरेका हुन् । उनले आफू र आफ्ना परिवारका लागि जबरजस्ती टिकट लिएर आम नागरिकलाई माथि सास्ती दिएकाछन् ।

लामो समयदेखि टिकटका लागि लाईनमा बसेका सर्वसाधरणमाथि अपमानज गर्दै आफू मन्त्री भएको भरपूर नाजायज फाईदा उठाउदै मन्त्री रावलले दादागीरी शैलीमा टिकट हात पारि सपरिवारसहित नेपालगन्ज झरेको बताइएकोछ ।

धनसरा रावल, नरजीत रावल, रविन रावल, धर्मजीत साउद, विरेन्द्र रावत, भरत रावत, टोपजंग फडेरा, देविचन्द्र महाराजा, कलावति बोहोरा, फुलमाया जैशी, सुजन भण्डारी लगायतका ब्यक्तिहरुको नामको टिकट मन्त्री दल रावलको नाममा काटिएको भेटिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्री रावलले एक दर्जन भन्दा बढी ब्यक्तिहरुको टिकट खरिदको जिम्मा लिएर दलाल तथा विचौलियाको भूमिका खेलेको र ती ब्यक्ति मध्ये अधिकांश उनकै पारिवारिक सदस्यहरु रहेको खुल्न आएकोछ ।

नागरिकलाई यतिबेला सिमिकोट विमानस्थलमा टिकट पाउन मुस्किल भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरीकलाई एक मात्रै अन्तर जिल्ला जोड्ने हवाई सेवाभएता पनि निजी एयरलाईन्सहरुले नाफामुखी उडान गर्नाले टिकट पाउन मुस्किल भएको हो ।

सुर्खेत नेपालगन्जबाट नियमीत उडान गर्ने सहमति गरेका सिता, तारा, समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन झन् मुस्किलभएको छ । शुक्रबार र शनिबार समिट एयरले एक दिनमा एउटा उडान गरे पनि एयरलाइन्सका हाकिमहरुले मन्त्रीदेखि सरकारी उच्च अधिकारीका लागि कोठाबाट नै टिकट बुक गर्दा पहुँच नभएका जिल्ला बाहिर जान समस्या भएको काठमाडौमा अध्ययन गर्दै आएका जनक सुनारले बताए ।

सिता एयरलाइन्सले तीन दिनदेखि हुम्लामा उडान भर्न छोडेको छ । नेपालगन्जबाट तारा एयरलाइन्सले कुनै दिन एक फलाइट गर्दै आएको छ भने कुनै दिन दुई उडान गरे पनि फिर्ता टिकट भएको भन्दै पछि हटेको छ । तीन–चार दिनको अन्तरमा एउटा उडान गर्ने गरे पनि निजी एयरलाइन्सका कर्मचारीहरुले भनसुनको आधारमा टिकट वितरण गर्दै आउने गरेका छन् । जिल्लाका तल्लो क्षेत्रका गाउँपालिकाबाट जिल्ला बाहिर सिमिकोट पुगेका हुम्लीलाई टिकट पाउन समस्या हुने गरेको छ ।

नेपालगन्ज, सुर्खेतदेखि नियमित उडान नहुँदा दशैं मनाएर जिल्ला बाहिर जाने नागरिकलाई सास्ती भएको छ । विहान ६ बजेदेखि सिमकोट विमानस्थलमा टिकटको लागि लाइन लाग्ने गरे पनि टिकट पाउन मुस्किल भएको सिमकोट गाउँपालिका–२ का प्रेम भण्डारीले बताए । चार दिनदेखि सिमकोट विमानस्थलमा रहेका एयरलाइन्सहरुका कार्यालयमा टिकटको लागि लाइन लाग्दा पनि एयरलाइन्सलका कर्मचारीहरुले कोठामै बसेर फोनका आधारमा टिकट बाँडिसकेपछि जहाज पुग्ने बेलामात्रै एयरपोटमा पुग्ने गरेको बताए ।

तारा, सिता, समिट एयरलाइन्सका हाकिमहरुले कोठाबाटै टिकट बुक गरी आफु एयरपोर्टमा नआएर अन्य कर्मचारीलाई विमानस्थलमा पठाउनेसमेत गरेका छन् । जिल्लामा दैनिक एक उडान ताराले गरिहेको छ भने अन्य सिता, समिट एयरलाइन्सले पूर्वमा उडान गर्दै आएका छन् । समिट एयरलाइन्स हुम्लामा उडान नगरेर पूर्वमा उडान गर्ने भएकाले यहाँका नागरीकलाई झनै समस्या हुने भएको छ । निजी जहाजले नियमित उडान नगर्दा जिल्ला बाहिर जाने हुम्लीलाई समस्या बनाएको छ ।

केही दिनदेखि नेपाल एयरलाइन्सले सातामा दुई पटक उडान गर्ने गरेको छ । सधैं दशैंतिहारको समयमा हुम्लाका नागरीकलाई जिल्ला बाहिर सास्ती हुने गरेको छ । निजी एयरलाइन्सहरुले नियमित उडान नगर्दा तिहार मनाएर अध्ययन र कामको सिलसिलामा जिल्ला बाहिर जाने हुम्लीलाई झनै समस्या भएको छ ।

जिल्ला बाहिर जान पहुँचवाला र राजनीतिक दलका आसेपासेले मात्रै टिकट पाउने गरेका छन् विहानैदेखि टिकटका लागि विमानस्थलमा धाउने सर्वसाधारणहरुले टिकट नपाएर सास्ती भोग्दै आएका छन् । सिमकोट विमानस्थलमा टिकटका लागि एकाविहानै करिब तीनरचार सय यात्रुको भीड हुन्छ ।

मन्त्री दल रावलले हवाई टिकटमै दलाली गरेको जनगुनासो आएपछि यस विषयमा बुझ्न खोज्दा मन्त्री रावलको मोबाईलमा सम्पर्क हुन सकेन भने कर्णाली प्रदेश स्थित उनले सम्हालेको सामाजिक विकास मन्त्रालयको टेलिफोन उठेन ।